“प्रेम जीवनको प्रवाहशील नदी हो, जुन डरलाग्दा छाँगाहरुबाट खस्छ र पनि छरपस्ट हुँदैन, लामो समयसम्म मैदानमा बग्छ र पनि मैलिंदैन तर त्यही प्रेम यौनावेगको ढलमा मिसिन्छ, वासनाको महासागरमा विलिन हुन्छ ।“ उर्मिला सापकोटा शाक्यद्वारा लिखित उपन्यास “अस्मिता” को वाचन शृंखला तपाई प्रत्येक शनिबार राती १० बजेपछी कुनै पनि बेला मात्र TMS Podcast को “पागल रोमान्स” मा सुन्न सक्नु हुनेछ ।