काम बिजी भई रहन्छ । १ मिनेट फुर्सद हुदैन । कामै नभए पनि आफुलाई बीजी बनाई रहनु पर्छ । काम नहुदा पनि बीजी भएर बस्नु पर्ने काम जत्तिको मुस्किल काम दुनीयामा अर्को छैन। यताको संस्कारै यस्तै छ । काम गरि रहनु पर्छ । काम गराई रहनु पर्छ आफुलाई। कामकै बिच-बिच मेरा नजर जोडी परेवाका घर वरपर डुली रहन्छन। पहिले प्रेमी परेवा खुब गुटुर-गुटुर गर्थ्यो । आज भोली ऊ मौन छ। प्रेमीका कै छेऊ/छाऊँ बसि रहेको हुन्छ शान्त । बिचरोलाई कति डर होला ति सिकारीहरुको जो उनीहरुको गुण भत्काएर उनीहरुलाई लखेटन चाहान्छन।