भारतीय लोकप्रिय भाषा,  इसके अनुसार नंबर की वक्ताओं. (No.१३  को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत"  // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलित

Episode 1: Nepali-"Testimonies".3gp


Listen Later

नेपाली-"गवाहियां"/Nepali-"Testimonies".3gp //यूहन्‍ना 1वचन देहधारी हुनुभयो1आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। 2उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।3सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। 5त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो। मत्ती ३:१; मर्क १:४; लूक ३:१-२ 7उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए। 8उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए।9हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। 10उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। 11उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌। 12तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। 13तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌।14अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।15यूहन्‍नाले उहाँको विषयमा गवाही दिँदै उच्‍च स्‍वरले भने, “उहाँ त्‍यही व्‍यक्ति हुनुहुन्‍छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्‍दा उच्‍च हुनुहुन्‍छ, किनभने उहाँ मभन्‍दा अघिबाटै हुनुहुन्‍थ्‍यो’।” 16उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। 17किनभने व्‍यवस्‍था मोशाद्वारा दिइयो, अनुग्रह र सत्‍यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए। 18परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
...more
View all episodesView all episodes
Download on the App Store

भारतीय लोकप्रिय भाषा,  इसके अनुसार नंबर की वक्ताओं. (No.१३  को No.२९) - "खुशखबरी", "जीवन के शब्द", "इँजील गीत"  // INDIAN POPULAR LANGUAGES ACCORDING TO NUMBER OF SPEAKERS (FROM No.13 TO No.29)- "GOOD NEWS", "WORDS OF LIFE" ."GOSPEL SONGS"/भारतीय प्रचलितBy Tze-John Liu