जनावरहरू बोल्दछन् !

हिडौं र कुरा गरौं- अध्याय १


Listen Later

हिडौं र कुरा गरौं- अध्याय १

"उसको नाम क्युबा हो" मेरी आमाले मलाई भन्नुभयो, "र यदि तिमीले उसलाई घुमाऊन लागेछौ भने मेरो साथी तिमी माथि आभारी हुनेछ किनभने उनी अहिले बाहिर जादिनन"। त्यती बेला कोविड को शुरुवात थियो। मैले क्युबासंग टेलिपाथिक रूपमा कुरा गर्न थाली सकेको थिए, आफ्नो परिचय दिए र ऊ मसंग हिड्न जान चाहन्छ कि भनेर उसलाई सीधै सोधें। धेरै खुसी देखिदै उसले "जान्छु" भन्यो र मैले "अरु केही?" भनेर सोध्दा - "केवल समयनिष्ठ हुनुहोस्!" भन्यो। मैले समयमै आउने वाचा गरे, तर हाम्रो बिहानको पैदल यात्राको लागि लगभग ५ -१० मिनेट ढिलो आइपुगे -क्युबालाई सुरुदेखि नै मेरो बारे थाहा थियो जस्तो लाग्छ।

मलाई ठ्याक्कै के आशा गर्ने थाहा थिएन, तर जब ढोका खोलियो, मैले अहिलेसम्म देखेको सबैभन्दा सुन्दर, मनमोहक र आत्मीय कुकुरलाई देखे। मेरो लागि त्यो पहिलो हेराई मै प्रेम थियो। पहिले, उसले मलाई ठुलो मुस्कानले हेर्यो, र त्यसपछि उसले खुसीसाथ म तिर उफ्रेर आयो। उनको व्यक्ति छक्क पर्नुभयो - अनी क्युबाले मलाई पहिले नै चिनेको जस्तो व्यवहार गरेको देखिन्छ भनेर उनले भन्नु भयो। हामीले पहिले नै एक अर्का संग टेलिप्याथीक रुपमा कुरा गर्न थालेको मैले उहाँलाई भनिन। क्युबासंग हिड्दाको समय रमाईलो थियो। एकअर्काको बानी परेपछि, मैले महसुस गरे कि हामी धेरै जोडिएका छौ र नयाँ साथी बनाउन पाउँदा म धेरै खुसी छु। हामीले जंगल र गाउँ तिर घुमफिर गर्दा धेरै साथीहरू पनि बनायौं, जब क्युबाले मानिसहरूलाई देखेर मुस्कुराउथ्यो उनिहरु पनि त्यो देखेर मुस्कुराउथे।

मलाई क्युबा एक प्राणी जस्तै अग्लो लाग्यो। हामी संगै हिँड्दा म भन्दा उ धेरै अग्लो भएको महसुस हुन्थ्यो, लगभग २ मिटर। मैले उसलाई एक सज्जन, विनम्र र हास्यास्पद व्यक्तिको रूपमा देखे अनि उसलाई हामी संगै हिडेको रमाइलो लगेरहेको अनुभव गरे। मलाई उसको स्पष्टता र ध्यानको गुण पनि आभास भयो। हिड्दै गर्दा हामीबीच धेरै कुराकानी हुन्थ्यो, साथसाथै उसलाई के गर्न रमाइलो लाग्छ भन्ने बारे कुरा गर्थौ, मैले चाँडै महसुस गरे कि म क्युबालाई चासो र समस्याहरू को छलफल गर्दै मेरो मानको सबै कुरा भन्न सक्ने रहेछु - र त्यसमा उसले सधैं राम्रो धारणा व्यक्त गर्थ्यो।

उसले मलाई सिकाएको पहिलो कुरा भनेको उसलाई "केवल एक कुकुर" जसरी नहेर्नु थियो- किनकी उसले आफुलाई बराबर जस्तो महसुस गर्थ्यो। उसले भन्यो कि यदि मैले उसलाई बराबरी सम्मान गरे भने सबै कुरा राम्ररी काम गर्नेछ। मलाई सुरुमा अफ्ट्यारो लग्यो किनकी मैले अझै उसलाई गाईड गर्नु पर्ने थियो, उसलाई कहिले बाटो काट्ने वा कुन दिशामा जाने भन्नु पर्थियो। तर मैले आफु भित्री परिवर्तन गरे र उसलाई बराबरको साथीको रूपमा पाउने निर्णय गरे। मैले यो चाँडै याद गरे कि कुन दिशामा जाने भनेर एक चोटी मैले टाउको हल्लाएर उसलाई मनको आवाजले बताउननै पर्याप्त थियो। कहिले काँही दोबाटोमा पुग्दा उसले मलाई हेर्थ्यो – सिधै मेरो आँखामा हेर्थ्यो। त्यती बेला उसले संकेत प्राप्त गर्न मैले एक चोटी टाउको हल्लाउदै आँखाले एक इशारा दिनु नै काफी थियो। हामी जहाँ गए पनि म क्युबासंग हुनुको एक प्रकारको खुशीको आनन्द मात्र सम्झन्छु।

क्युबा एक महान सल्लाहकार पनि हो भन्ने मैले महसुस गरे। जब म कुनै साथीलाई सहयोग गर्न चाहन्थे उसले मलाई के गर्ने र अवरोधहरूलाई कहिले र कसरी पार गर्ने भनेर स्पष्टसंग बताउथ्यो। प्रत्येक चरण वा अवरोधमा, हामी विकल्पहरू छलफल गर्दा - मलाई थाहा हुन्थ्यो कि क्युबा सधैं राम्रो समाधानको साथ आउनेछ - र त्यस्तो समाधानहरु प्राय जस्सो मैले सोचेको पनि हुदिन थिए। यस्तो समयहरु पनि थियो कि मैले आफैले समस्याका समाधान खोज्न संघर्ष गरिरहदा जब म क्युबासंग हिड्न जन्थ्ये त्यो बेला सोको समधान आफै मेरो दिमागमा आउथ्यो त्यसैले त्यी जनकारीहरु अरु कसैबाट आउँदैछ भनेर मलाई स्पष्ट हुन्थ्यो।

...more
View all episodesView all episodes
Download on the App Store

जनावरहरू बोल्दछन् !By Christina Sieber