Sign up to save your podcasts
Or

हिडौं र कुरा गरौं- अध्याय २
वास्तवमा, प्रायः क्युबाले मलाई घुम्न लैजान्थ्यो। मेरो निम्ती उसको निरन्तर चिन्ताको लागि म धेरै कृतज्ञ छु। एकपटक म हिउँमा चिप्लेर लड्दा क्युबा - जो सामान्यतया रमाउदै वरिपरि नयाँ चीजहरू खोज्दै उफ्रिरहेको थियो - आएर मलाई चिन्ताले हेर्यो। उसको त्यती भावुक आँखाले मलाई हेरचाह प्रकट गरेर हेर्दा म यति छक्क परे कि एक क्षणको लागि मलाई कुनै पीडा महसुस भएन। रमाईलो गर्नको लागि मात्र नभएर ऊ दुर्भाग्यमा पनि राम्रो साथी थियो।
क्युबाले मलाई मेरो परियोजनाहरूमा पनि सहयोग गर्न थाल्यो। म एउटा साथीको कविताहरू प्रकाशित गर्न चाहन्थे र क्युबासंग हरेक पाइलामा छलफल गर्थे–ऊ नै थियो वास्तविक सम्पादक ! ऊ संग संग्रहको विषयवस्तु र आवरणको लागि केवल विचार मात्र नभएर लेआउट र कभर अपलोड गर्दै पुस्तक छाप्नको लागि समयरेखाको स्पष्ट निर्देशनहरू पनि उसलेनै दिए। र मेरो साथीको जन्मदिनको लागि पहिलो पुस्तक तयार भयो। केही थप कविताका पुस्तकहरू संग्रह गर्दै अन्तमा वर्षको प्रत्येक दिनको लागि कविता सहितको पुस्तक तयार भयो। लगभग दैनिक ओरेकल वा साथी जस्तै, पाठकहरुको लागी अधिक अर्थपूर्ण हुन जाने बताउदै क्युबाले यो पुस्तक पनि सिर्जना गर्नुपर्नेमा जोड दियो। यी पुस्तकहरुले हामीलाई अरु घरपालुवा जनावरहरूले मसंग लेख्न चाहेका पुस्तकहरू लेख्न तयारी गरिरहेको उनले बताए। म घरमा कम्प्यूटरको अगाडि बसिरहँदा पनि मैले क्युबासंग कुरा गर्थ्ये साथै हामी हाम्रो हिड्ने समयमा पनि कुरा गर्थ्यौ -हामीले यसलाई "वक एन्ड टक" नाम दियौ। सामान्यतया हिडाईको सुरुवातमा हामी "व्यवसाय" का कुरा गर्थ्यौ - किताबहरू, अन्य जनावरहरू, अन्य जीवीको प्रश्नहरूका बारेमा - र त्यसपछि हामी केवल हिड्दै राम्रो समय बिताऊथियौ।
क्युबाले मलाई अन्य जनावरहरू, तिनीहरूका समस्याहरू र तिनीहरूलाई के आवश्यक छ भन्ने बुझ्न सहयोग गर्यो। मैले केवल -मेरो आवाज वा टेलिपाथिक रुपमा उसलाई सोधें - र भित्र मैले शब्दहरू सुनें वा तस्विरहरू देख्ने वा भावना वा गीतहरूको माध्यमबाट उत्तर पाउथिए। म भन्न सक्छु यो कसैसंग फोनमा कुरा गरेको जस्तो थियो, तर वास्तवमा उसले मलाई चलचित्रका तस्विर वा दृश्यहरू पनि पठाउ थियो, त्यसैले यो बहु-आयामी पनि थियो, विशेष गरी उसले मलाई भावना पठाउने वा एउटा फरक सन्दर्भमा भएको अनुभव सम्झाउथ्यो जसले मलाई वर्तमान अवस्था बुझ्न सहज हुन्थ्यो। मैले तुलना गर्न सक्ने सबैभन्दा नजिकको उदहारण यो छ कि जब म कसैसंग एकै ठाउँमा छु तर एकअर्कालाई नहेरी कुरा गर्दैछु - एक आनन्दमय बुझाई र सहज संचार। के तपाईलाई कसैसंग हुँदा तपाईको वरिपरि केहि भएको अनुभव हुन्छ- र तपाई दुबैलाई एक अर्काले के सोचिरहेको छ भन्ने थाहा हुन्छ? मलाई त्यस्तो अनुभव मेरो भाईसंग धेरै हुन्छ। हो त्यही अनुभव मलाई क्युबासंग कुरा गर्दा हुन्छ - यो कुरा हामी दुबैलाई थाहा छ।
धेरै जसो वार्तालापहरू मैले सुरु गर्थ्ये - मसंग प्रश्न वा समस्याहरु हुन्थ्यो र क्युबासंग यसलाई कसरी समाधान गर्ने भन्ने विचार हुन्थ्यो। कहिलेकाही ऊ मसंग पहिले कुरा गर्दा उसले मलाई उसंग मिलेर किताब लेख्न सोध्यो। कसैको घरपालुवा जनावर हुनको अनुभव उनले जनतालाई जानकारी गराउन चाहेको बताए - र धेरै घरपालुवा जनावरहरू चाहन्छन् तिनीहरूका परिवारहरूलाई थाहा होस् कि ति घरपालुवा जनावरहरूले पनि तिनीहरूलाई बुझ्छन् भनेर। उसले चाहेको मध्ये एक मुख्य विषयहरू यो थियो कि मानिसहरूले वास्तवमा थाहा पाउन कि तिनीहरूका घरपालुवा जनावरहरूले तिनीहरूका मानिसहरूले भनेको सबै कुरा सुन्छन् र बुझ्छन्, उनीहरूलाई पनि थाहा छ मानिसले के महसुस गर्छन् र सोच्छन् भनेर र यसले उनीहरूलाई धेरै असर गर्छ। उसले चाहेको अर्को विषय यो थियो कि मानिसहरूले आफ्नो घरपालुवा जनावरलाई बराबरीको रूपमा हेरुन र यसो गर्दा तिनीहरूको सम्पूर्ण सम्बन्धको बिन्दुमा कसरी परिवर्तन हुनेछ जसले मानिसहरूलाई पनि परिवर्तन गर्नेछ।
तर क्युबाले सबैभन्दा बढी जोड दिएको एउटा कुरा यो हो की हाम्रा घरपालुवा जनावरहरूले हामीलाई कति माया गर्छन् भनेर हामीले महसुस गरुम भन्ने चाहना उसको थियो। उनले आफ्ना जनतालाई दिन उनका लागि प्रेम कविता लेखे। त्यो क्षणमा उसको माया र अभिप्राय प्राप्त गरेको मैले उहाहरूको प्रतिक्रियाबाट देखे। क्युबाले भने धेरै जनावर र प्रकृतिले मानिसहरूलाई आफ्नो आशीर्वाद र शुभकामना दिन चाहन्छ। ऊ आशा गर्छ कि मानिसले थाहा पाउन तिनीहरूले आफूलाई माया गरे भन्दा धेरै प्रकृति र जनावरले उनीहरुलाई माया गर्छन। यो पक्कै उसको सबैभन्दा ठूलो इच्छा थियो कि: मानिसहरूका घरपालुवा जनावरहरूले तिनीहरूलाई माया गरे जति आफूलाई त्यति नै माया गर्न सिकुन। उसको अनुसार यसले परिवार र तिनीहरूका घरपालुवा जनावरहरूको- जीवनलाई धेरै थप रमाइलो र रोमाञ्चक बनाउँछ।
By Christina Sieberहिडौं र कुरा गरौं- अध्याय २