जनावरहरू बोल्दछन् !

हिडौं र कुरा गरौं- अध्याय ३


Listen Later

हिडौं र कुरा गरौं- अध्याय ३

उसको पुस्तकको निर्माणको क्रममा धेरै मस्यौदाहरु बने। क्युबाले भन्न खोजेको सबै कुरा मैले सुनेर लेखे। सुरुमा त्यो पुस्तकमा धेरै कथाहरू र छलफलहरू समावेश गर्युम त्यसपछि उसले र घरपालुवा जनावरहरूले चाहेको वास्तविक संदेश मात्र समावेश गर्न यसलाई छोटो बनायुम। मैले क्युबामा "केवल यसलाई पूरा गरेर" प्रकाशित गर्नको लागी अत्यावश्यकताको भावना पनि महसुस गरे।

त्यै समयमा बितिसकेका घरपालुवा जनावरहरूले पनि एउटा पुस्तक लेख्न चाहे। मानिसहरुलाई आफ्नो प्यारो पाल्तु जनावरको मृत्यु पश्च्यातको सोखलाई सरलसंग सामना गर्न सहयोग गर्न त्यो पुस्तक लेखिएको थियो। सो पुस्तकको नाम "सधै यहाँ" हो किनकि साच्चै नै तिनीहरूले यो सत्यमा जोड दिदै कि तिनीहरू सधैं तिनीहरूका परिवारका मन भित्र रहने तरिकाहरू साझा गर्न चाहन्थे। ("सधै यहाँ - तपाईको पाल्तु जनावर बितेपछि")। क्युबाले आफ्ना मानिसहरूलाई यस संसारमा घरपालुवा जनावरहरूको अस्तित्व र अनुभवको संयुक्त विचार दिन आफ्नो पुस्तकमा "सधै यहाँ" को एउटा अध्याय पनि समावेश गर्ने निर्णय गर्यो। हामीले अन्ततमा पुस्तक समाप्त गरेर जनावर, मान्छे र सबै प्रकृति - हामी सबै परिवार हौं भन्ने भावना साझा गर्न क्युबाले "हामी परिवार हौं !" शीर्षक रोज्यो। पहिलो राष्ट्रहरूले हाम्रो सम्पूर्ण प्रकृतिसंगको सम्बन्धलाई "मेरा सबै सम्बन्धहरू" भन्छन। सो पुस्तकको आवरणमा मैले लिएको क्युबाको तस्बिर हो - र त्यो तस्बिरमा जब म उसको आँखामा हेर्छु, म उसको आत्मा देख्छु - बुद्धिमान्, मायालु, हेरचाह गर्ने, स्वतन्त्र, र हास्यास्पद - एक वास्तविक साथी। क्रिसमस वा नयाँ वर्षको अवसरमा आफ्ना मानिसहरूलाई दिन हामीले समयमै पुस्तक तयार पार्यौं। विशेष गरी उसको परिवारले त्यो समयमा सो पुस्तक प्राप्त गरुन भनेर क्युबाले मलाई सुनिश्चित गर्न बोलायो। ("हामी परिवार हौ - तपाईका घरपालुवा जनावरहरूले तपाईलाई तिनीहरूको बारेमा के जानोस भनेर चाहन्छन्")

क्युबाले मलाई धेरै पाठहरू सिकाएका छन्। हाम्रो हिड्ने समयलाई उसले प्रेमको पोको जसरि लिएर सबै जनालाई साझा गरेको देखेर म धेरै नै खुशी भए। मानिसहरुका भिडमा वरपरको ऊर्जाबाट प्रभावित नभई कसरी हिड्ने भनेर उसको चाल के रहेछ भनेर सोधे। उसले भन्यो पहिले आफ्नो मुटुको वरिपरि ऊर्जाको गोलाई राख्नने र त्यसपछि शरीरको वरिपरि काल्पनिक प्रकाशको घेरा बनाउने र त्यो घेरा एक पटक ठाउँमा पुगेपछि, मैले मेरो हृदयबाट ऊर्जा नगुमाई चाहेको जति माया र आनन्द बाहिर चम्काउन सम्भव हुनेछ। यो अभ्यासले मेरो हृदय खोलेर, मेरो ज्योति र ऊर्जा सुनिस्चित राख्दै मानिसहरूसंग नजिक हुन सक्षम भएको मैले अनुभब गरे। त्यसको लागि धन्यवाद, क्युबा!

धेरै समय सम्म हाम्रो पैदल यात्रामा मैले क्युबाले भुकेको कहिल्यै पनि सुनेको थिएन। जब मैले पहिलो पटक उसको भुकाई सुनें, ऊ एल्सेसन जस्तो एउटा ठूलो कुकुर जस्तै लाग्यो। मैले माथि उल्लेख गरे जस्तै, जब हामी संगै हिंड्थ्यौ ऊ मेरो छेउमा एउटा अग्लो मान्छे हिडे जस्तो लाग्थ्यो। त्यसैले होला यो सुन्दा अचम्म लाग्छ कि क्युबा वास्तवमा हाभानीज हो, ठूलो व्यक्तित्व भएको - तर तुलनात्मक रूपमा सानो कुकुर ! 😊

जब तपाई उसको आँखामा हेर्नुहुन्छ, तपाईले उसको प्रेमले भरिएको ठूलो आत्मा पनि देख्न सक्नुहुन्छ। यो अचम्मको प्राणी जोसको हास्य र हर्षले मलाई खुशी पर्दै मेरा कठिन समयहरु पार गर्न सहयोग गरेकोमा, सो प्राणीलाई थाहा पाउँदा म धेरै गर्व र कृतज्ञ छु। मैले क्युबासंगको मेरो अनुभव साझा गरेकोले तपाई पनि उसलाई भेट्न सकुन भनेर मलाई आशा छ। उसको भनाइ - तपाई जहाँ भए पनि उसंग कुरा गर्न सबैलाई उसको निमंत्रना छ। म आशा गर्छु कि मेरो जस्तै ऊ पनि तपाईहरुको असल साथी बनोस्। मेरो एकजना साथीले क्युबा र मेरो मित्रताको बारेमा कुरा सुन्दा के भन्नु भयो भने:


"क्युबाजस्तो साथी सबैको साथमा हुनुपर्छ!"

क्रिस्टिना सिबर द्वारा
 

क्युबाले मलाई जनावरहरूसंग के कुरा गर्न सकिन्छ भन्ने बारेमा कुनै सीमा छैन भनेर देखाएको छ  - तिनीहरू जनावरहरू र तिनीहरूको अवस्थाको बारेमा कुरा गर्न मन पराउँछन्, तर तिनीहरू हाम्रा परियोजनाहरू, समस्याहरू, चासो, प्रेम र सामान्य जीवनका बारे कुराकानीमा पनि संलग्न हुन सक्छन। जनावरहरूले हामीलाई माया गर्छन् र हामीले महसुस गरेको र बुझेका कुराहरू पनि महसुस गर्दै हामी के भन्छौं र सोच्दछौं त्यो सबै बुझ्दछन, र तिनीहरू हाम्रा समान हो भनेर जोड दिन चाहेको छ। पशु सञ्चारले पनि मलाई आफू र अरूसंग दयालु तरिकामा कुरा गर्न र सबैसंग समझदार र अधिक धैर्यवान हुन सहयोग गरेको छ।

...more
View all episodesView all episodes
Download on the App Store

जनावरहरू बोल्दछन् !By Christina Sieber