CIN NEWS

जाजरकोट र रुकुम पश्चिममा खाद्यले छिट्टै मोटा चामल पठाउने


Listen Later

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोट भूकम्प प्रभावितका लागि सबैको पहुँच हुने गरी तत्काल चामल पठाउने भएको छ । 

खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मोटा चामल तत्काल पठाउने प्रतिबद्धता जनाउनुभएको हो । 

सीआईएनको संयोजन, रुकुम पश्चिम र जाजरकोटका सामुदायिक रेडियोको सहकार्यमा रेडियो खलङ्गाले उत्पादन गदै आएको दैनिक कार्यक्रम जीवनरक्षामा चन्दले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । 

अस्ति बिहानको कार्यक्रम जीवनरक्षामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख राम प्रसाद पौड्यालले थोरै मूल्यमा किन्न सकिने मोटा चामल आफूहरूसँग नभएको जानकारी दिँदै मसिनो चामल बिक्री नभएको बताउनु भएको थियो । 

प्रमुख कार्यकारी अधिकृत चन्दले मोटो चामलको स्टक सकिएको र मोटो धान खरिद हुन नसकेका कारण पठाउन नसकिएको बताउनुभयो । 

टेन्डर प्रक्रिया यही पुस ६ गते सुरु भइसकेकोले मोटो चामल केही दिनमा जाजरकोट र रुकुमपश्चिममा पठाउने उहाँको भनाइ छ । 

...more
View all episodesView all episodes
Download on the App Store

CIN NEWSBy CIN NEWS