Sign up to save your podcasts
Or
‘जगत्का २५ तत्त्व’ श्रव्यचिन्तनमा साङ्ख्य दर्शनले मानेका २५ तत्त्वको चर्चा गरिएको छ । यसमा प्रकृतिलाई भोग्या र पुरुषलाई भोक्ताको रूपमा मानिएको छ । प्रकृतिको पुरुषले भोग गर्नको लागि स्वयं प्रकृतिबाट नै अन्य २३ तत्त्व आउने क्रम रहेको छ । सर्वप्रथम भोग गर्नका लागि बुद्धि, बुद्धिबाट अहंकार, अहंकारबाट सत्त्वगुणात्मक पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय, उभयात्मक मन, तमोगुणात्मक पञ्चतन्मात्रा र पञ्चतन्मात्राबाट पञ्चमहाभूत उद्भूत हुन्छ । यसरी आएका तत्त्वमा बुद्धिले व्यवहार गर्दछ र भेद बुझ्दछ । यसो हुँदा पुरुषले पनि आफूलाई बुद्धिसँग सम्बन्धित ठान्दछ र सुख-दुःख-मोह अनुभव गर्दछ । जगत्मा ग्रहण गर्न सकिने पञ्चमहाभूत- आकाश, वायु, तेज, जल र पृथिवी; तिनका पञ्चतन्मात्रा, तिनलाई ग्रहण गर्ने पञ्चज्ञानेन्द्रिय, तिनको संकल्प गर्ने मन, ‘म’को अभिमान गर्ने अहंकार र अध्यवसाय(ज्ञान) गर्ने बुद्धिका माध्यमबाट जगत्को चिन्तन गर्न सकिन्छ, जगत्लाई समेट्न सकिन्छ । यसरी यस भागमा २५ तत्त्वको विवेचन गरिएको छ ।
'25 Elements of the World' discusses the 25 elements of Sankhya philosophy. In it,Prakriti( nature) is considered as a consumption and Purusha(Aatma) as a consumer. There are 23 other elements coming from nature itself for Purusha to enjoy. First of all, in order to enjoy, Buddhi arises from the Prakriti, the Ahankar(selfness) from the Buddhi.From Ahankara, under influence of Sattvaguna-- five sense organs(Pancha-jnanendriya),five working organs(Pancha-karmendriya), dualistic Mana; under influence of Tamoguna--five sensations(Panchatanmatra),and then five manifested elements(Panchamahavut) arise. Buddhi works in and understands the differences in such elements. When this happens, the Purusha also considers himself related to the intellect and experiences happiness-suffering-infatuation.Within Pancha-mahabhuta-- sky, air, light(energy), water and earth; through Pancha-tanmatra, the five senses organs(Pancha-jnanendriya) that receive them, the Mana that resolves them, the Ahankar that prides itself on them, and the Buddhi that pursues(knowledge), the world can be contemplated, the world can be encompassed. Thus, 25 elements have been discussed in this section.