PODS by PEI

केपी ढुंगानासंग मिडिया माथि विश्वाशको प्रश्नको विश्लेषण


Listen Later

#Ep.045

मिडिया जनतालाई विश्वसनीय सुचना दिएर शुसुचित बनाउने माध्यम हो | तर आजको दिनमा नेपाली मिडियाको विश्वसनीयता माथि नै प्रश्न उठेका छन् | मिडिया हाउसहरु आफुलाई व्यवसायिक भन्छन् । तर व्यावसायिक रुपमा संगठित हुने नाममा त्यहाँ काम गर्ने पत्रकारहरुले राजनीतिक पार्टीका भ्रातृ संघठनका च्याप्टर खोलेका छन् , र त्यस अन्तर्गत चुनाव समेत लड्दछन् । यस्तो अवस्थामा ति मिडियाले प्रकाशित/प्रसारित गर्ने समाचारमा कुनै पार्टी/आस्था प्रति आग्रह/पूर्वाग्रह हुदैन भनेर जनताले विश्वास गर्ने आधार हराउँदै गएको छ | कतिपय नयाँ/पुराना नेता/पार्टीहरुले स्थापित मिडियाको विश्वसनीयता नरहेको भन्दै आफ्ना कुरा राख्न, प्रचार गर्न सामाजिक संजाल लगायत बैकल्पिक तरिकाहरु पनि अपनाएको देखिन्छ । स्थापित मिडिया प्रायोजित/ पुर्वाग्राहित भयो भनेर आरोप लाग्दैगर्दा, सामाजीक संजाल लगायत बैकल्पिक भनिएका माध्यमबाट पनि गलत, तथ्यहीन र पुर्वाग्रहपूर्ण समाचार/सामाग्री आउने गरेका छन् | यसले गर्दा हाम्रो सार्वजनिक बहसलाई कस्तो असर परेको छ त ? के स्थापित मिडियाको एजेन्डा सेटिंङ्ग रोल अब सामाजिक संजालले खोसेको हो? अतः मिडियाको बिज्ञापन लिन सरकार/व्यवसायिक घरानाहरु प्रतिको निर्भरता र तिनै बाट पुरस्कारहरु समेत पाउने चलनले, मिडियाले तिनै संस्थाहरु लाई प्रश्न गर्ने र तिनको अनियमितता लाई उदाङ्गो पार्ने क्षमता माथि प्रश्न उठेको छ| अरु लाई ‘स्वार्थ बाझिने’ काम गरेकोमा औला उठाउने मिडियाको चैं यसो गर्दा स्वार्थ बाझिदैंन?

यिनै बिषयहरुलाई समेट्दै, आजको भागमा पी. ई. आई. का जनक पोख्रेल, पत्रकार केपी ढुंगानासँग उनको गत वैशाख ७ गते, उकेरा डटकममा “साँच्चै 'हामी' किन यति धेरै अविश्वसनीय भयौँ ?” नामक शिर्षकमा लेखिएको लेखको अन्तरङ्गमा रहेर संवादमा बस्दैछन् | ढुंगानाले मिडिया पनि समय र अवस्था/व्यवस्था अनुरुप परिवर्तन हुनुपर्ने र बिज्ञापन लिनका लागी सरकार/व्यवसायिक घरानाहरु प्रतिको निर्भरतालाई तोड्नुपर्ने आवस्यकता रहेको कुरालाई उठान र विश्लेषण गर्नुभएको छ |

केपी ढुंगाना, पेशाले एउटा पत्रकार हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ र पछिल्लो १७-१८ वर्ष देखि पत्रकारिता पेशामा संलग्न हुनुहुन्छ | नेपाललाइभ डटकमको सम्पादकको रुपमा काम गरिसक्नुभएको उहाँ अहिले उकेरा डटकमसंग प्रधान सम्पादकको रुपमा आवद्ध हुनुहुन्छ। यो भन्दा अगाडी उहाँले राजधानी दैनिक, नयाँ पत्रिका, नागरिक, कान्तिपुर आदिमा पनि काम गरिसक्नु भएको छ। उहाँ विशेषगरी खोज पत्रकारितामा सक्रिय हुनुहुन्छ र सुरक्षा सम्बन्धि बिषयमा रिर्पोटिङ गर्न खास रुचि र दक्षता राख्नुहुन्छ | उहाँले अन्तरदेशीय संगठित अपराध सम्बन्धि पुस्तक - “ओपन सेक्रेट” पनि लेख्नुभएको छ |

Patreon मा हामीलाई समर्थन गर्न यहाँ क्लिक गर्नुहोस् !!

...more
View all episodesView all episodes
Download on the App Store

PODS by PEIBy Policy Entrepreneurs Inc.