ईलेक्ट्रोनिक्स ग्याजेट्सको प्रयोग गर्न थालेपछि हाम्रो जीवनशैली बदलिएको छ । जीवनका हरेक पाटामा यी यन्त्र एवं उपकरणहरूको प्रयोग हुन थालेपछि हाम्रो जीवन अत्यन्त सुगम बनेको छ । तर हाम्रो जीवनशैलीमा लामो समयदेखि घुलमिल भईरहँदा यी यन्त्र एवं उपकरणहरूले मानव स्वास्थ्यमा गहिरो असर समेत पुर्याउँदै गएको छ ।
यी उपकरणहरूको यथोचित प्रयोग गर्न जाने हाम्रो जीवन सुगम बन्दछ भने अनुचित एवम् अत्यधिक प्रयोगले स्वास्थ्यमात्र हैन, मानसिक स्थिती खराब गर्छ, आर्थिक अवस्था डामाडोल बनाइदिन्छ।