
Sign up to save your podcasts
Or
देशमा चुनाव,
नेता गाउँ आएको छ।
हात जोडेको छ।
हात फैलाएको छ।
मंचमा ऊ, भुइमा कैयौं छन,
सबैका नजर अडिएका छन्, उसले गज्जको अभिनय गरेको छ।
कहिले हात फैलाएर
सपनाका महल बनाएको छ।
कहिले हात जोडेर
अनुहार मलिनो बनाएको छ।
केहि वर्ष पहिले पनि उसले यसै गरि,
खुब गज्जबको अभिनय गरेको थियो।
एकदम धेरै तारिफ पाएको थियो।
सबैले खुब मनपराएका थिए।
खुब मलिनो अनुहार बनाएर हात जोडेको थियो।
धेरैले टिठ मानेर, कहिले विश्वास मानेर
मतदान गरेका थिए।
उसले विजयको उद्घोष थियो।
त्यस पछि बल्ल आज,
नेता गाउँ,
देशमा चुनाव आएको छ।
उसले देखाएका सपना ज्यौ-का- त्यौ छन।
उसले खाएका कसम सबैले सम्झीरहन्छन।
उसले फेरि प्रहसन सुरु गरेको छ।
हात जोडेको छ।
हात फैलाएको छ।
मंचमा ऊ, भुइमा कैयौं छन।
देशमा चुनाव,
नेता गाउँ आएको छ।
देशमा चुनाव,
नेता गाउँ आएको छ।
हात जोडेको छ।
हात फैलाएको छ।
मंचमा ऊ, भुइमा कैयौं छन,
सबैका नजर अडिएका छन्, उसले गज्जको अभिनय गरेको छ।
कहिले हात फैलाएर
सपनाका महल बनाएको छ।
कहिले हात जोडेर
अनुहार मलिनो बनाएको छ।
केहि वर्ष पहिले पनि उसले यसै गरि,
खुब गज्जबको अभिनय गरेको थियो।
एकदम धेरै तारिफ पाएको थियो।
सबैले खुब मनपराएका थिए।
खुब मलिनो अनुहार बनाएर हात जोडेको थियो।
धेरैले टिठ मानेर, कहिले विश्वास मानेर
मतदान गरेका थिए।
उसले विजयको उद्घोष थियो।
त्यस पछि बल्ल आज,
नेता गाउँ,
देशमा चुनाव आएको छ।
उसले देखाएका सपना ज्यौ-का- त्यौ छन।
उसले खाएका कसम सबैले सम्झीरहन्छन।
उसले फेरि प्रहसन सुरु गरेको छ।
हात जोडेको छ।
हात फैलाएको छ।
मंचमा ऊ, भुइमा कैयौं छन।
देशमा चुनाव,
नेता गाउँ आएको छ।