Radio Candid

स्मार्ट लाइसेन्स वितरणमा समस्या : रिपोर्ट


Listen Later

२०७२ साल मंसिरदेखि वितरण थालिएको सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को छपाई पछिल्लो एक वर्षदेखि ठप्प जस्तै छ । नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेसहित ७ लाख सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टले समयमै कार्ड नदिँदा वितरण ठप्प भएको हो । खाली कार्डको अभावमा यातायात व्यवस्था विभागले नयाँ लाइसेन्स वितरण गर्न सकेको छैन । स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको विभागले ट्रायल पास गरेपछि एक वर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालीन कार्ड दिने तयारी गरेको छ । तर, यसमा पनि ढिलाई हुँदा नयाँ लाइसेन्सको पर्खाइमा रहेकाहरु चिन्तित बनेका छन् । 

...more
View all episodesView all episodes
Download on the App Store

Radio CandidBy Radio Candid

  • 3
  • 3
  • 3
  • 3
  • 3

3

1 ratings