Sign up to save your podcasts
Or
‘विवेकख्याति’ श्रव्यचिन्तनमा बुद्धितत्त्व र बुद्धितत्त्वले गर्ने प्रकृति र पुरुषको विवेकका बारेमा चिन्तन गरिएको छ । पुरुषार्थ अर्थात् पुरुषका लागि धर्म, अर्थ, काम र मोक्षको सम्पादन बुद्धिले नै गर्दछ । पुरुषार्थको लागि सूक्ष्म-शरीर र स्थूल-शरीरको आवश्यकता पर्दछ ।सूक्ष्म शरीरमा बुद्धि, अहंकार, मन र पञ्चतन्मात्रा रहन्छन् । त्यस्तै जन्म भएर स्थूल शरीर धारण गर्दा पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय र पंचमहाभूत सूक्ष्म शरीरमा सम्बन्धित हुन्छन् । स्थूल र सूक्ष्म शरीरको बन्धन कर्मफलका कारण हुन्छ र त्यो बन्धनबाट निक्लिनका लागि बुद्धिले प्रकृति र पुरुषको विवेकख्याति गर्नुपर्ने हुन्छ । त्यसका लागि बुद्धिको क्षेत्र- विपर्यय, अशक्ति, तुष्टि र सिद्धिलाई बुझ्नुपर्ने हुन्छ । बुद्धिको क्षेत्र अर्थात् प्रत्ययसर्गलाई पनि राम्ररी विवेक गरी सकेपछि मात्र बुद्धिले विवेकख्याति गर्न सक्दछ । पुरुषले ‘नास्मि, नाहम्, न मे’ यो अपरिशेष विशुद्ध ज्ञान गरेपछि कैवल्य प्राप्त गर्छ, मुक्त हुन्छ । यसरी बन्ध र मोक्षलाई प्रकृति र पुरुषको विवेकख्यातिका माध्यमबाट यस भागमा विवेचन गरिएको छ ।