Soniareads

Yaad (memories) by Prabinta


Listen Later

याद
दार्जिलिङको चिसो त कहिले जाँदैन
त्यसैले उसको यादहरू पनि 
अझ दशैं सक्दै गएपछिको चिसो त झन् 
मनमा चस्स घोच्छ
शरीरले पोहोर सालको 
चिसो बिर्सिकेका हुन्छन् 
त्यही भएर होला
चस्स घोच्छ 
मनमा भनौ कि 
कता भनौ 
तर त्यता त्यतै 
उसका यादहरूले जस्तै 
त्यही घोच्छ 
मिरमिरे साँझ 
चौर्सताको त्यही धेरै 
मध्दे एक
चिसो कुर्सीमा 
म र मेरो मायालु
एउटा पछि अर्को,
बत्ती बल्दै गरेको पसलहरू हेर्दै 
भावनामा बिलाउँदै
गफमा भुलिदै
उसले सोध्दछ
" उसको हालखबर कस्तो छ त?"
बस.....
म अध्यारो आकाश तर्फ हेर्छु 
भर्खरै निस्कदै गरेका ताराहरूले 
मलाई हेरिरहेको झै लाग्छ
मलाई हो कि 
मेरा आखाँका कुना- कुनामा 
उनीहरू जस्तै 
टलपलाउदै गरेका आँशुका थोपाहरूलाई
म उसको अनुहार हेर्छु 
उसको त्यो आखाँ 
उसको त्यो बोली 
उसको त्यो नसा-नसामा बग्ने रगत 
कति बहुमूल्य 
कति बहुमूल्य 
मलाई मेरो आमा- बाबा
मेरो साथी- संङ्गी
मलाई मेरो संसार बिर्साईदिने 
कहाँ उ
म जस्तै 
त्यो जस्तै 
साधारण हो त
उ त भिन्नै हो
उ त भिन्नै हो 
मनले मानेको 
रुचाएको 
लोभ्याएको 
अरू कसैको 
अरू कसैको 
राती सिरानीले सुन्छ
राती सिरानीले बुझ्छ
राती सिरानी भिजी दिन्छ 
अनि अर्को दिन 
अनि अर्को दिन 
फेरि अर्को दिन 
मन त हो 
यो मन 
केमा केमा 
टोलाई दिन्छ 
केमा केमा 
अल्झि दिन्छ 
दिन बित्छ
महिना बित्छ
अनि त्यसै हिँड्दै गरेको बेला 
यी नजरहरु ति खाली कुर्सीहरूमा पर्छन्
र उसका यादहरूका लाखौ काड़हरू 
ममा प्रहार हुन्छन्
र मैले लुकाएर राखेको 
पुरेर राखेको 
सबै- सबै यादहरू 
मायाहरू 
मनको कुना- कुनाबाट चुहदै जान्छ 
चुहदै जान्छ 
अषाढको झरी झै
लुत्रुक्कै भिझाउने
उसका यादहरू 
उसका बोलिहरू
" उसले - उसलाई" हेरेको नजरहरु 
फेरि ति आँखाका कुनाबाट 
आँशुका थोपाहरुले बाहिर ति
खाली कुर्सीहरूलाई चिहाउन खोज्छ
म फेरी सोच्छु
मन त हो मन 
पुराना यादहरूमा दुखि दिन्छ 
खाली कुर्सी देखि रोइ दिन्छ 
अरूको थोक देखि लोभी दिन्छ 
कसैको आँखामा बिलाई दिन्छ 
म सोच्छु 
मन त हो मन 
आफै - आफै सङ्गली हाल्छ।
...more
View all episodesView all episodes
Download on the App Store

SoniareadsBy Sonia Thapa