Sign up to save your podcasts
Or
I‘योग परिचय’ श्रव्यचिन्तनमा निरीश्वर-सांख्य-दर्शनपछि सेश्वर-योगदर्शनको विवेचन गरिएको छ । ‘युजिर् योगे’ र ‘युज् समाधौ’ धातुबाट योग शब्द बन्दछ । अर्थात् योग गर्नु(जोड्नु) र समाधि दुवै अर्थमा नै योग शब्दको अर्थ रहेको छ। हामीले लोक व्यवहारमा ईश्वर र जीव भनेर फरक-फरक व्यवहार गर्दछौं । तत्त्वत: ईश्वर पनि पुरुषतत्त्व(चेतन) नै हो, अनि जीव पनि । जीवलाई ईश्वरसँगै लगेर जोड्नु योग हो। त्यस्तै समाधिको दशा प्राप्त गर्नु पनि योग हो - ‘योगश्चित्तवृत्तिनिरोध:’ । हामीले बाहिरी जगत्, आन्तर जगत् दुवैमा नाना पदार्थको भोग गर्दछौं । ती पदार्थहरू वस्तुतः प्रकृतिबाटै आएका हुन् । त्यसैले तिनमा रहेको सत्त्व, रजो र तमोगुणको प्रभाव हाम्रो मन ,अहंकार र बुद्धिमा पर्दछ । यसै प्रभावलाई नै चित्तमा परेको प्रभाव भनिन्छ । रजोगुणप्रधान भएको चित्त चञ्चल हुन्छ र यसलाई क्षिप्त भनिन्छ । तमोगुणप्रधान भएको चित्त मोहले ढाकिएको हुन्छ र यसलाई मूढ भनिन्छ । रजोगुणको चञ्चलताले जीवलाई क्रियाशील बनाउँछ, अनि क्रिया गर्दागर्दै चित्तमा सत्त्वगुणको उदय हुन्छ । यस अवस्थालाई विक्षिप्त भनिन्छ । सत्त्वगुणको अधिकता भएको चित्तलाई एकाग्र भनिन्छ भने केवल चित्तमात्र रहेको अवस्थालाई निरुद्ध भनिन्छ । यसरी संसारमा भएका सबै जीवले प्रमाण(जस्ताको तस्तै थाहा पाउने), विपर्यय(विपरीत ज्ञान गर्नु), विकल्प (वस्तुशून्यता), निद्रा र स्मृतिको रूपमा संसारलाई थाहा पाउँछन् । यसो गर्दा चित्त अस्थिर, चञ्चल र परिणामी हुन्छ। यो सबै चित्तवृत्तिलाई निरोध गर्नु नै योग हो ।