
Sign up to save your podcasts
Or


कोभिड – १९ को संक्रमणको महामारीबाट मानिसहरुलाई बचाउन सरकारले लकडाउन विधि अबलम्बन गरीरहेको छ। तर पनि संक्रमण फैलिरहेको छ । बरु उल्टै बन्दाबन्दीको कारण समाजमा विभिन्न समस्याहरु बढेर गएका छन्। जनजीवन कष्टकार बनेको छ । र, अब लकडाउनको बिकल्पको माग चर्को भैरहेको छ । यसै सन्दर्भमा आजको पडकाष्टमा हामी समाजका विभिन्न क्षेत्रका ४ जना व्यक्तित्वहरुसॅग गरिएको छलफललाई प्रस्तुत गर्दैछौं । लोकतन्त्र संवादका लागि सामाजिक अभियान्ता नारायण भट्टराईले सहजीकरण गर्नु भएको यो छलफलमा हुनुहुन्छ : अर्थशास्त्री प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, जनस्वास्थ्यबिद् डाक्टर लक्ष्मीराज पाठक, नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल र अधिकारकर्मी अधिबक्ता लक्ष्मी शर्मा ।
कोरोना महामारीको यो संकटको सामना गर्न सरकारले लिने रणनीतिका सम्बन्धमा धारणा बनाउन यस संवादले सहयोग पुग्ने विश्वास लिएर हाम्रो फ्रिडम चौतारी पडकाष्टको ८२ औं शृंखलामा प्रस्तुत गरेका छौ। सुनौ, लोकतन्त्र संवादमा लकडाउनको विकल्प बारेको बहस|
By Freedom Forumकोभिड – १९ को संक्रमणको महामारीबाट मानिसहरुलाई बचाउन सरकारले लकडाउन विधि अबलम्बन गरीरहेको छ। तर पनि संक्रमण फैलिरहेको छ । बरु उल्टै बन्दाबन्दीको कारण समाजमा विभिन्न समस्याहरु बढेर गएका छन्। जनजीवन कष्टकार बनेको छ । र, अब लकडाउनको बिकल्पको माग चर्को भैरहेको छ । यसै सन्दर्भमा आजको पडकाष्टमा हामी समाजका विभिन्न क्षेत्रका ४ जना व्यक्तित्वहरुसॅग गरिएको छलफललाई प्रस्तुत गर्दैछौं । लोकतन्त्र संवादका लागि सामाजिक अभियान्ता नारायण भट्टराईले सहजीकरण गर्नु भएको यो छलफलमा हुनुहुन्छ : अर्थशास्त्री प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, जनस्वास्थ्यबिद् डाक्टर लक्ष्मीराज पाठक, नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्ल र अधिकारकर्मी अधिबक्ता लक्ष्मी शर्मा ।
कोरोना महामारीको यो संकटको सामना गर्न सरकारले लिने रणनीतिका सम्बन्धमा धारणा बनाउन यस संवादले सहयोग पुग्ने विश्वास लिएर हाम्रो फ्रिडम चौतारी पडकाष्टको ८२ औं शृंखलामा प्रस्तुत गरेका छौ। सुनौ, लोकतन्त्र संवादमा लकडाउनको विकल्प बारेको बहस|