Mimraj Pandeya

Aafu Bhitra Hera Gajjab Hunchha


Listen Later

आफूभित्र हेर, गजब हुन्छ ।

दिनहरू फेर, गजब हुन्छ ।

पर्दैन सपना सजाएरै राख्न,

लेख/मेट/केर, गजब हुन्छ ।

बेफाइदा/बेहोसीमा सारा समय

जानै नदेउ खेर, गजब हुन्छ ।

हिँड हरेक दिन; बेजोड उज्यालो

रगतमा बोकेर, गजब हुन्छ ।

...आफूभित्र हेर, गजब हुन्छ ।

दिनहरू फेर, गजब हुन्छ ।...

- मिमराज पाण्डेय

...more
View all episodesView all episodes
Download on the App Store

Mimraj PandeyaBy Mimraj Pandeya