Mimraj Pandeya

Mimraj Pandeya

By Mimraj PandeyaArtsPerforming Arts
Download on the App Store

Mimraj Pandeya episodes

  • मेरो ड्युटी जाने बाटोमा हरेक दिन एउटी आमा भेट्छु... – Krishna Thakuri

    कविता भनेपछि मन त्यसै पग्लेर आउँछ। त्यसमा पनि “आमा” जोडिएका कवितामा मन झन् त्यसमै अडिन्छ। अझ प्रिय कृष्ण दाइले लेखेको कविता भए त पढूँ-पढूँ भइहाल्छ।कवि तथा गीतकार कृष्ण ठकुरीको “ठ्याक्कै मेरि आमा जस्ती” कविता पढेँ । मलाई त यो वाचन नगरी बस्न मनै लागेन । यो आमा बारेको कविता हो, या आफ्नी आमाको अनुपस्थितिमा “आमा” खोजिरहेको छोराको कविता हो? आफै छुट्‌याउनु होला ।यस मार्मिक कविताको Poetry Audio Film यहाँ छ - सुन्नुहोस् है !#mimrajvoice #Mimraj #viralpoetry #virareels #MimrajVoice #viralkabita #krishnathakuri

    3 min
  • जिन्दगी तँ क्रूर छस्... केवल लिन जानेको ! गौरी मल्लको मार्मिक कविता | Gauri Malla #MimrajVoice

    गौरी मल्लको मार्मिक कविता "जिन्दगी" – तँ क्रूर छस्, तैले कसैलाई केही दिइनस् केवल लिँदैछस्... मिमराज पाण्डेयको भावपूर्ण वाचनमा यस मार्मिक कविताले जीवनको कठोर सत्य बोल्छ ।#GauriMalla #NepaliKavita #MimrajVoice

    3 min
  • भूकम्प डायरी - १ | a poem by Viplav Dhakal - @mrpandeya

    भूकम्प डायरी- १ | कवि विप्लव ढकाल
    हाम्रा नानीहरू पुरिएका छन् यो धूलोमा
    सुस्तरी हिँड्नुहोस् किनारबाट !
    तपाईँ जहाँ उभिएर
    खिचिरहनुभएको छ हाम्रो फोटो,
    त्यहीँ पुरिएका छन्
    हाम्रा ढिकी, जाँतो र आरनहरू !
    तपाईँ जहाँ उभिएर
    लेखिरहनुभएको छ हाम्रो समाचार,
    त्यहीँ पुरिएका छन्
    हाम्रा नानीहरूका किलिप, रिबन र पेन्सिलहरू !
    र तपाईँ जहाँ उभिएर
    बाँडिरहनुभएको छ चाउचाउ,
    हो, त्यहीँनेर पुरिएका छन्
    हाम्रा असङ्ख्य प्रियजनका रगत र आँसुहरू...
    _ _ _
    नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ ।
    आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं ।
    कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् ।
    #nepalipoem #mimrajvoice #earthquakes #gorkhaearthquake2015 #jajarkotearthquake
    _ _ _
    मलाई अन्य सामाजिक सञ्जालमा भेट्ने लिङ्कहरू यहाँ छन्:
    https://www.facebook.com/mrpandeya
    https://np.linkedin.com/in/mrpandeya
    https://twitter.com/mrpandeya
    https://www.instagram.com/mrpandeya/

    4 min
  • Singha Durbar - कविता सिंहदरबार | a poem by Tirtha Shrestha

    सिंहदरबार

    – कवि तीर्थ श्रेष्ठ
    कुनै गाउँको गोरेटो भएर
    कुनै पहाडको खुडकिलो भएर
    अथवा कुनै नदीको बलौटे किनार भएर
    तिमी सिंहदरबार पुग्न सक्तैनौ
    त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला फराकिला
    अलकत्रे सडक नै चाहिन्छ
    अथवा दौरासुरुवालमाथि
    ढाकाटोपीको तडकभडक नै चाहिन्छ...
    ✎ तीर्थ श्रेष्ठ | 🔊 @mrpandeya | ♬ @PushkarMahataun
    #NepaliPoem #TirthaShrestha #MimrajVoice #NepaliSahitya
    _ _ _
    नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ ।
    आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं ।
    कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् ।
    https://www.youtube.com/mrpandeya?sub_confirmation=1

    3 min
  • बादल-पोखरी (शब्दहरूको नेपथ्यबाट) : कवि खड्ग सेन ओली

    पोखरीमा
    बादलको सिङ्गगो नदी बास बसेको छ
    थाहा छैन
    कसरी सास फेर्छन् माछाहरु- बादलमा !


    Click the link bellow to watch it on YouTube.

    बादल-पोखरी (शब्दहरूको नेपथ्यबाट) : कवि खड्ग सेन ओली
    ✎ खड्ग सेन ओली | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun
    #NepaliPoem #KhadgaSenOli #MimrajVoice #NepaliSahitya

    2 min
  • उडान | कविता - a poem by Mimraj Pandeya

    आमा,

    तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीच
    मैले आँखाका ढकनी खोलेँ ।
    आङमा अवनिको चिसो
    रगतमा तिम्रै न्यानोपन
    तिम्रा आँखाको अपेक्षाको भकारी
    र मेरो अनिमिष नियालाइ
    कस्तो अविस्मरणीय थियो– त्यो पल...
    On YouTube: https://youtu.be/6Lyve7GYgC0
    _ _ _
    कान्तिपुर टीभी, वैशाख ७, २०८०
    कविता- ‘उडान’ (kantipurtv.com)
    ✎ 🔊 @mrpandeya
    #NepaliPoem #MimrajVoice #NepaliSahitya

    2 min
  • छाडेर जानेलाई | a poem by Mani Lohoni

    र यहीं आएर सकिएको छ 

    हामी दुईको यात्रा


    अत्यन्त प्यारो लागेको त्यो हिँडिरहने बाटो 

    र त्यही बाटोमा पोखिएर सकिएको 

    मेरो उमेर

    र तिम्रो बैंस

    बाटाभरि भेटिएका फिरन्ते ऋतुजस्ता मान्छेहरू

    उनीहरूसँगै टाँसिएको आगोको लप्काजस्तो आँखा 

    र सुदूर गाउँमा फरफराइरहेको विद्रोही झन्डा 

    तिमीले मलाई बिछट्टै मन पराएर 

    गरेको मायाजस्तो निख्खर रातो गुरास 

    या त्यो रोइरहेकी युवतीको भखरै पखालिएको सिउँदो


    सब छुटेका छन् ।


    ✎ मणि लोहनी  | 🔊@mrpandeya   | ♬ Pushkar Mahataun  

    #NepaliPoem #ManiLohaniPoem #MimrajVoice #NepaliSahitya

    3 min
  • Buddhi Bangara; a Poem by Bhupeen Khadka | बुद्धि बङ्गारा

    बुद्धि बङ्गारा


    हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे

    ऊ भन्थ्यो–

    'दाँतहरू त केवल देखाउनका लागि हुन्

    बुद्धि बङ्गारा पलाएपछि मात्र

    बुद्धि आउँछ ।’


    गिजाको कुना चिरेर

    एक दिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा

    त्यसपछि चमत्कार भयो

    उसले पार्टीको सदस्यता पायो

    चुनावको लागि उम्मेदवारी पायो

    ऊ त्यसपछि शहरबाट गाउँ आयो

    पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर

    गाउँलेहरूलाई चिया खर्च बाँड्यो

    निकाल्यो झोलाबाट मतपत्रको नक्कल

    र भन्यो,

    ‘यो मेरो चुनाउ चिन्न

    भोट हाल्नू !’...

    – भूपिन

    ✎ भूपिन  | 🔊@Mimraj Pandeya  | ♬ Pushkar Mahataun  

    #nepalipoem #BhupeenKhadkaPoem #MimrajVoice #nepalisahitya

    4 min
  • कसरी फर्कूं म मेरो गाउँ? | Poem By Mimraj Pandeya

    कसरी फर्कूं म मेरो गाउँ?  

    परालको छाप्रोभित्रको जीवन

    सधैँ प्यारा लाग्ने डाँडाकाँडा
    अनि त्यो छहराभित्रको इन्द्रेणी
    अहिले पनि म सम्झिन्छु- त्यो खोला
    जहाँ हामी लुकामारी खेल्ने गर्थ्यौं ।     

    प्रकृतिले हुर्काएका मेरा सपना

    आज सहरमा गुमाउँदैछु   
    सिरु दाइको गाडी चड्ने रहर
    अझ अधुरै छ   
    बाले खोजेको असल पाठशाला
    अझै गाउँमा पुर्‍याउन सकिनँ   
    आमाले खोजेकी सुशील बुहारी
    अझै भेट्टाएको छैन... 

     https://www.setopati.com/literature/2...

    सेतोपाटी, असार १२, २०७८
    ✎ 🔊 @Mimraj Pandeya   | 🖥️ @Padam Timilsina  | 🎥 @Prakash Gopali

    #NepaliPoem #MimrajVoice #NepaliSahitya

    3 min

About Mimraj Pandeya

From the publisher's feed

Mimraj Pandeya is a Nepali journalist, poet, and poetry recitation artist based in Kathmandu. A Radio Nepal-trained singer, he brings classical and contemporary Nepali poetry to life — from Devkota to his own verse — treating recitation as an act of preservation, carrying the emotional and linguistic weight of Nepali literature to today's listeners.