Mimraj Pandeya

Mimraj Pandeya

By Mimraj PandeyaArtsPerforming Arts
Download on the App Store

Mimraj Pandeya episodes

  • Chamchalaai Vote | चम्चालाई भोट - कविता

    चम्चालाई भोट  

    चम्चा तिम्रो हातमा थियो

    थाली तिम्रै भुइँमा थियो
    डाडु, पन्युँ, ताउलो र ताप्के
    तिम्रो भान्छामा थियो
    तर पोहोरको चुनावमा
    तिमीले चम्चा रोज्यौ ... 

    _ _ _ 

    https://www.setopati.com/literature/2...

    सेतोपाटी, वैशाख २३, २०७९  _ _ _ 

    ✎ 🔊 @Mimraj Pandeya   | 🖥️ @Padam Timilsina  | 🎥 @Prakash Gopali 

    #NepaliPoem #MimrajVoice #NepaliSahitya

    3 min
  • Manushi by Parijat - मानुषी | पारिजात

    तिमी जति गर्न सक्छौ

    त्यति  म पनि सक्छु  
    तिमी जतिकै पाखुरी बजार्न सक्छु  
    तिम्रा सबै अनुभूतिहरु मेरा पनि अनुभूति...  

    _ _ _ 

    ✎ पारिजात  | 🔊 मिमराज पाण्डेय  | ♬ Pushkar Mahataun

    #NepaliPoem #Parijat #MimrajVoice #NepaliSahitya

    3 min
  • Sarpako Khojima - सर्पको खोजीमा | भूपि शेरचन

    काठमाडौँ,

    अझ भनौँ यो सिङ्गै देश नै
    दिन पर दिन कालोनिलो हुँदै गैरहेछ
    सर्पदंशित मान्छे झैँ  

    म सर्पको खोजीमा छु

    हो, म ती विषालु सर्पहरूको खोजीमा छु
    धेरै अघिदेखि हिँडिरहेछु...
    - भूपि शेरचन 

    #BhupiSherchan #MimrajVoice #NepaliPoem

    Subscribe on YouTube.

    https://www.youtube.com/mrpandeya

    3 min
  • Madhav Ghimire - Gauri | गाैरी - के लेख्नु मैले पर्‍यो !

    धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए

    मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
    छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
    आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !

    ✎ माधवप्रसाद घिमिरे | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun

    5 min
  • Ghadiyalko Janmadin Poem by Mimraj Pandeya

    गिन्नी, अब मैनबत्ती हैन मट्टितेल ल्याऊ

    पटकाको ठाउँमा कार्तोस ल्याऊ
    यसपालि केक ल्याउँदै नल्याऊ
    घडियाल अघाएको छ
    जन्मदिनमा यसलाई चिता चाहिएको छ।

    ✎ 🔊 मिमराज पाण्डेय | 🖥️ Santosh Dawadi | ♬ Pushkar Mahataun | 🎥 Vidhan Gyawali

    2 min
  • Mero Kavitama Jalirajechha Mero Desh By Kali Prasad Rijal
    मेरो कवितामा जलिरहेछ मेरो देश
    आफ्ना जनतालाई
    पानीसम्म खुवाउन नसक्ने
    जलस्रोतको धनी कहलिएको
    छाँगा छहराहरूको यस देशले
    धेरै नदीनालाहरू बेचेर खाइसक्यो...
    ✎ कालीप्रसाद रिजाल | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun
    8 min
  • Chhadera Jane Dina Poem By Ganganath Koirala - Nepali Kavita

    त्यागी वैभव, राजपाट अनि ती पत्नी र छोरा पनि

    लागे गौतमबुद्ध ज्ञानपथमा झूठाे छ माया भनी
    बुझ्दैनन् तर आज शासक कुनै दृष्टान्त यस्ता किन ?
    पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन...
    _ _ _
    कवि गङ्गानाथ कोइरालाको सुन्दर रचना ‘छाडेर जाने दिन’
    (छन्द: शार्दूलविक्रीडित)
    वाचन: मिमराज पाण्डेय 

    4 min
  • Timro Yaad Aaudaina - तिम्रो याद आउदैन Poem by Mimraj Pandeya

    तिम्रो याद आउदैन

    म यात्रामा भएको बेला तिम्रो याद आउँदैन ।

    किनकि, म भेट्छु–
    बहिनी जस्ता पुष्प वृक्ष,
    छोरी जस्ता सुनगाभा,
    आमा जस्ता बुट्यान,
    बुवा जस्ता रुख,
    उदास हजुरआमा जस्तो खोला,
    र
    उदार हजुरबा जस्तो माटो ।

    2 min
  • Learning from home during the COVID-19 pandemic

    यो रेडियो रिर्पोट बन्दाबन्दीको समयमा बालबालिकालाई घरमै कसरी सिकाउन पढाउन सकिन्छ र कसरी उनीहरूलाई पाठ्यपुस्तकको ज्ञानसँगै व्यावहारिक ज्ञान सिकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ ।

     

    5 min

About Mimraj Pandeya

From the publisher's feed

Mimraj Pandeya is a Nepali journalist, poet, and poetry recitation artist based in Kathmandu. A Radio Nepal-trained singer, he brings classical and contemporary Nepali poetry to life — from Devkota to his own verse — treating recitation as an act of preservation, carrying the emotional and linguistic weight of Nepali literature to today's listeners.