अतिमिल्ने साथीहरू   -   जनावरहरूसंग कुरा गर्दै-  श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !   Best Friends - Talking with Animals - Nepali Translation by Sweta Shrestha

अध्याय २ - केवल "नमस्कार" भन्नुहोस् - Chapter 2 - Just say "Hello"


Listen Later

अध्याय २  -  केवल "नमस्कार" भन्नुहोस् 


  - हाम्रो पहिलो वार्तालापको लागि तपाईले कुरा गर्न कुनै जनावर छनौट गर्न सक्नुहुन्छ - सायद तपाईको घरपालुवा जनावर।

 

-त्यो जनावरलाई के भनिन्छ ?


अब तपाई आफ्नो आँखा बन्द गरेर आफ्नो मन को आँखामा आफुले चाहेको जनावर हेर्न सक्नुहुन्छ। जबसम्म तपाई महसुस गर्नुहुन्छ कि तिनीहरू त्यहाँ छन्, तपाईले  तिनीहरूलाई पूर्ण रूपमा हेर्न आवश्यक छैन । के तपाई तिनीहरूलाई देख्न सक्नुहुन्छ?

यदि तपाई चाहनुहुन्छ भने आफ्नो आँखा खुला राख्न सक्नुहुन्छ।

 

अब जनावरलाई “नमस्कार” भन्नुहोस् र के हुन्छ हेर्नुहोस्। के तिनीहरूले पनि "नमस्कार" भने, वा कुनै पनि तरिकाले प्रतिक्रिया गरे ? तपाईले के देख्नुभयो? के तिनीहरू तपाईसंग कुरा गर्न खुसी छन्? यहाँ तपाईले देखेको कुरा लेख्न सक्नुहुन्छ:

अब महसुस गर्नुहोस् कि तपाई जनावरसंग हुदा कस्तो महसुस गर्नु भैरहेको छ - के तपाईलाई यो राम्रो लाग्यो?


के तपाई केहि समय संगै बिताउन चाहनुहुन्छ?

के तपाई केहि प्रश्नहरू सोध्न तयार हुनुहुन्छ?

तपाईले तिनीहरूलाई सोध्न चाहनुहुने केही प्रश्नहरू यहाँ लेख्न सक्नुहुन्छ:

अब तपाई आफ्नो आँखा फेरि बन्द गर्न सक्नुहुन्छ (वा खुला राख्ननु होस्) र आफ्नो पहिलो प्रश्न सोध्नुहोस्। त्यसपछि तपाईले  सुन्नुभएको जवाफहरु यहाँ लेख्न सक्नु हुनेछ।

यदि तपाई निश्चित हुनुहुन्न भने, तपाई केहि थप प्रश्नहरू सोध्न सक्नुहुन्छ र जवाफहरू फेरि सुन्न सक्नुहुन्छ। यदि तपाई चाहनुहुन्छ भने, तपाईले सुनेको कुरा लेख्न सक्नुहुन्छ:

केवल विश्वास गर्नुहोस् कि तपाईले हामीलाई सही सुन्नुभयो! बिश्वास गर्नुहोस् ! बिश्वास गर्नुहोस् !

 

आफ्नो आँखा फेरि बन्द गर्नुहोस् (वा यदि तपाई चाहनुहुन्छ भने तिनीहरूलाई खुला राख्नुहोस्)। अब तपाई आफ्नो अर्को प्रश्न सोध्न सक्नुहुन्छ। आदर्श रूपमा, तपाईले जवाफहरू चाँडै लेख्नुहोस् ताकि तिनीहरूलाई नाबिर्सियोस। उत्तरहरू त्यस पलमा स्पष्ट देखिने भए पनि, तिनीहरू अर्को मिनेटमा बिर्सिन सक्ने सम्भावना धेरै छन्। यहाँ तपाईले सुन्नुभएको र ध्यान दिएका कुराहरू लेख्न सक्नुहुन्छ:

सायद तपाईले शब्दहरूमा जवाफहरू सुन्न नसक्नु होला, हुनसक्छ हामी तपाईलाई एउटा तस्वीर पठाउँछौं। यहाँ तपाईले चित्रमा देखेको कुरा लेख्न सक्नुहुन्छ - वा यसलाई कोर्नुहोस्:

यहाँ तपाई चित्र बनाउन सक्नुहुन्छ:

यहाँ तपाईले कुरा गरिरहनु भएको जनावरको चित्र बनाउन सक्नुहुन्छ। केवल एक भाग - तपाईले के देख्नुहुन्छ त्यो कोर्न सक्नुहुन्छ। हामी धेरै खुसी छौं कि तपाईले हामीलाई हेर्न र बुझ्न सक्नु हुन्छ।

अब तपाईले तपाईको जनावर संग संचार गरिरहनु भएको छ - यसले तपाईलाई कस्तो महसुस गराउदै छ ? के तपाई खुसी हुनुहुन्छ, उत्साहित हुनुहुन्छ, जिज्ञासु हुनुहुन्छ वा तपाईले सुनेको कुरामा आश्चर्यचकित हुनुहुन्छ?

हाम्रो पहिलो कुराकानीको लागि धन्यवाद !

...more
View all episodesView all episodes
Download on the App Store

अतिमिल्ने साथीहरू   -   जनावरहरूसंग कुरा गर्दै-  श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !   Best Friends - Talking with Animals - Nepali Translation by Sweta ShresthaBy Christina Sieber, translated by Sweta Shrestha