Book Talk

Book Talk

By Upendra PandeyArtsBooks
Download on the App Store

Book Talk episodes

  • समय व्यवस्थापन/Time Management

    नमस्कार, म उपेन्द्र अनि यो हो पडकास्ट बुकटक । आजको एपिसोडमा समय व्यवस्थापनको बारेमा चर्चा गर्ने छु ।

    समयमा कुनै कार्यक्रम सुरु नहुँदा 'नेपाली टाइम' भनेर खिसिट्युरी गर्ने गरिन्छ । ठीक सयममै कामकुरा सुरु हुने अवस्थालाई अक्सर 'ब्रिटिस टाइम' भन्ने गरेको पनि पाइन्छ । प्रविधिको फड्कोसँगै पछिल्लो समय समय व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखा परेको छ । अझ युवा पुस्ताले त पढ्दै जागिर पनि खानुपर्ने बाध्यता छ ।

    3 min
  • स्रोताका प्रतिक्रिया/Feedback from Listneres
    नमस्कार यो पडकास्ट बुकटक, अनि म हुँ उपेन्द्र । आजको एपिसोड स्रोताहरूप्रति समर्पित रहेको छ । केही दिनयता प्राप्त अडियो सन्देशहरूलाई समेटेर आजको एपिसोड बनाएको छु । धेरै प्रतिक्रिया पत्रकार भावना रानासँगको कुराकानीका बारेमा आएका छन् ।
    4 min
  • भावना रानासँग पत्रकारिताका कुरा
    भावना राना सुर्खेतको वीरेन्द्रनगरमा बसेर ५ वर्षदेखि कर्णाली मिडिया डट कममा आबद्ध हुनुहुन्छ । आजको कुराकानीमा उहाँसँग मोफसलको पत्रकारिता, पेशागत चुनौती र भविष्यका बारेमा भलाकुसारी हुनेछ ।
    6 min
  • के पढ्दै छ नेपाल ? Vox Pop
    पछिल्लो समय नेपालमा कस्ताखाले पुस्तक पढिएको छ भनेर काठमाडौंका सडककमा भेटिएका सर्वसाधारणलाई हामीले सोधेका छौं- तपाईं पछिल्लो समय कुन किताब पढ्दै हुनुहुन्छ ?
    2 min
  • चलचित्र पत्रकार रीना मोक्तानसँग भलाकुसारी/Reena Moktan
    नमस्कार, म उपेन्द्र । अनि यो पडकास्ट बुकटक ।
    सधैं झैं आज पनि फरक विषय र पात्रका साथमा म उपस्थित भएको छ । आजको पडकास्टमा करिब १ दशकदेखि सिनेपत्रकारितामा लाग्नु भएकी इकान्तिपुरकी पत्रकार रीना मोक्तानसँग विविध विषयमा भलाकुसारी गर्नेछु ।
    12 min
  • नरगिस मोहम्मदी, नोबेल शान्ति विजेता // Nargis Mohammadi
    नमस्कार, म उपेन्द्र । अनि यो हो पडकास्ट बुकटक ।
    आजको पडकास्टमा म यस वर्ष नोबेल शान्ति पुरस्कार पाउने इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीबारे संक्षिप्त चर्चा गर्नेछु ।
    इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले नरगिसलाई सन् २०२३ को विजेता घोषणा गरेको हो ।
    4 min
  • Book Talk Trailer


    नमस्कार, म उपेन्द्र पाण्डेय । यो हो पडकास्ट Book Talk । यस पडकास्टमा हामी साहित्यका विविध आयामबारे चर्चा गर्नेछौं । हामी यसमा लेखन र पठन संस्कृतिका कुरा समेट्नेछौँ । अहिलेसम्म बहसका विषय नबनाइएका धेरै कुरामा पनि हामी छलफल गर्नेछौँ ।

    साहित्यमा शरीरमाथिको राजनीति, पात्र निर्माण र प्रस्तुतीकरणबारे गहन समीक्षा हाम्रा कुराकानीका विषय हुन् । केही बाहिरका र केही नेपाली साहित्यका कुरा हामी गर्नेछौँ । विश्व साहित्यिक बजारमा आएका नयाँ कृति र लेखकका रमाइला किस्सा पनि हामी तपाईंलाई सुनाउनेछौँ । साथै केही कृतिका समीक्षा र लेखकसँगका रमाइला कुराकानी सुन्न चाहनुहुन्छ भने तपाईं मसँग गुगल पडकास्ट, पकेट कास्ट्स, रेडियो पब्लिक र स्पटिफाइ पडकास्टमा जोडिन सक्नुहुन्छ, धन्यवाद ।

    1 min
  • सुरु गरौँ

    पड्कास्ट एउटा प्रयोग हो र काम गर्दै सिक्ने प्रक्रिया पनि हो । यहाँ के उपयुक्त हुन्छ र के हुँदैन भनेर परीक्षण गर्न सक्नुहुन्छ । र, विस्तारै विस्तारै आफ्नै शैली विकास गर्न सक्नुहुन्छ ।

    2 min
  • Book Talk Trailer
    'Book Talk Podcast' is a podcast dedicated to promoting and discussing literature. The podcast features in-depth conversations about a wide range of Nepali and English books, from classic literature to contemporary works. Listeners can expect insightful reviews, author interviews, and recommendations.
    1 min
  • पडकास्टका कुरा : सविता आचार्य/Sabita Acharya

    'पडकास्टका कुरा' नेपालमा पडकास्टिङ कल्चरका बारेमा विमर्श हुने थलो हो । आजको एपिसोडमा गुलाबी संवाद चलाउँदै आउनु भएकी सविता आचार्यका अनुभव सुन्नेछौँ ।



    6 min

About Book Talk

From the publisher's feed

If you love to read, then no doubt you love to talk and hear about books.