सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागु गरे यता आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा १ सय ३ जना, गत आर्थिक वर्ष १ सय ६९ जना र चालु आर्थिक वर्षको हालसम्म १८ जना गरि ४ सय ३ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई सेवामार्फत उद्धार गरिएको छ ।
लामो प्रशव व्यथा लागेमा वा सुत्केरी तथा गर्भवती अवस्थामा कुनै पनि समस्या देखिएमा स्थानीय सरकारको समन्वयमा मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको ९८५१२५५२५४, ०१४२००३२८ सम्पर्क गर्न सकिन्छ ।