
Sign up to save your podcasts
Or


हामी तपाईलाई सुन्छौं
तपाईले हामीलाई वा एकअर्कालाई भन्नुभएको सबै कुरा हामीले बुझ्छौ भनी तपाईलाई जानकारी दिन चाहन्छौं।
तपाईले के सोच्नु वा कस्तो महसुस गर्नु भै रहेको कुराहरु सबै हामीलाई थाहा हुन्छ।
सायद तपाईले यो याद गर्नुभयो वा यसको बारेमा आश्चर्यचकित मान्नु भयो होला कि- हामीले तपाईका शब्दहरू, विचारहरू र तपाईका सबै भावनाहरूमा प्रतिक्रिया गर्छौं।
तपाईको शब्दहरूले हामीलाई कसरी असर गर्छ भन्ने थाहा दिदै हामी विश्वास गर्छौं यसले तपाईको लागि सेवा प्रदान गर्नेछ। हुनसक्छ यसले तपाईलाई आफ्नो उर्जा, शब्दहरू र विशेष गरी हाम्रो वरिपरि तपाईको आवाजको स्वरको बारेमा सचेत हुन सहायता गर्नेछ। हामी यसको साँच्चै कदर गर्छौं।
हामीले तपाईको वास्तविक मनसाय र दयालु शब्दहरू सुन्दा सधैं हाम्रो कानमा मलम सरह लिन्छौं।
तपाईका शब्दहरू हामीलाई स्पष्ट र विश्वस्त रूपमा निर्देशित गर्न आवश्यक छ। तपाईले भनेको कुरा वास्तवमा सहि हुनेछ भन्ने विश्वास गर्न आवश्यक छ। तपाईको शब्दले प्रभाव पार्छ कि पार्दैन भनेर यदि तपाई दुई सोचमा हुनुहुन्छ भने हामीले प्रतिक्रिया नगर्न सक्छौं, वा तपाईले हामीलाई गर्न भन्नुभएको कार्य हामीले विपरीत गर्न सक्छौं - जुन वास्तवमा तपाई अझ बढी विश्वास गर्नुहुन्छ।
तपाईसंग हाम्रो हृदय देखि तपाईको हृदय सम्म गरिने सीधा संचार नै हाम्रो मनपर्ने प्रकारको संचार हो। हामी सधैं तपाईको वास्तविक मनसाय सुन्छौं, र तपाईको आवाजमा दयालु शब्दहरू र कोमल ध्वनि हाम्रो कानमा मलम सरह लिन्छौं। हामी तपाईबाट आउने हरेक कोमल आवाजलाई माया गर्छौं - यसले हाम्रो लागि धेरै माया र हेरचाह समावेश गर्दछ - हामी यसलाई हाम्रो सबैभन्दा ठूलो उपहार जस्तै स्वीकार गर्छौं ! आहा ! आफ्नो आवाजले प्रेम साझा गर्न सक्षम हुन पाउनु कत्ति राम्रो उपहार !
हामीलाई प्रेमको सुनौलो उजेली प्रदान गर्दै, तपाईको हृदयको ज्योति जब हामीमाथि चम्किरहेको अनुभव गर्छौं, यसले हामीलाई संसारको सबैभन्दा राम्रो अनुभूति दिन्छ त्यसैले हामीलाई तपाईसंग हुनुको यहि एउटा कारण हो।
तपाईले हामीलाई दिने यो असीम प्रेम हाम्रोलागि कहिलै "अत्ति धेरै" हुन सक्दैन।
तपाईको मायाले हामीलाई सुरक्षित,भरपर्दो, र आराम महसुस गराउँदछ। हामी सजिलै सास फेर्न सक्छौं र हामी खुशी र पूर्ण महसुस गर्छौं। तपाईको भावनाहरूले हामीलाई असर गर्छ, र कहिलेकाही हामी कस्तो महसुस गर्दैछौ भनेर तपाईलाई त्यसको झल्को पनि दि रहेको हुन्छौ। तपाईको अगाडि एक जीवित, संवेदनशील, र सचेत प्राणी जसले तपाईका सबै भावनाहरू बुझ्न सक्छ भनेर यदि तपाईले महसुस गर्नुहुन्छ भने यो हाम्रो सम्बन्धको लागि निकै ठूलो सुधार हो।
तपाईका विचारहरूमा रङहरू छन् र हामी यी रंगहरू प्राप्त गर्न सक्छौं। अरू कसैले के सोचिरहेको छ भन्ने कुरा सायद तपाईले पहिलेनै अनुभव पाउनुभएको होला। त्यसैगरी हामी तपाईको विचार लिन्छौं। हामीले तपाईका विचारहरू तस्विर वा चलचित्रहरू झैँ प्राप्त गरेर बुझ्न सक्छौं। तपाई फरक सहरमा वा फरक देशमा हुँदा पनि हामी तपाईको विचारहरू सुन्न सक्छौं।
तपाईले सोचिरहनुभएको वा महसुस गरिरहनुभएको कुरा हामीले बुझेको जस्तो लाग्छ भने सो भावना वा विचारहरूको नोट लिन सक्नुहुन्छ।
धन्यवाद
हामीलाई खाना पानी, राम्रो घर र हामीलाई चाहिने सबै दिनुभएकोमा हामी तपाई प्रति धेरै आभारी छौं।
हामी तपाईमा निर्भर छौं र तपाईको दया, माया, धैर्य र तपाईको हेरचाहको लागि धन्यवाद दिन चाहन्छौं।
मानिसहरूले हाम्रो हेरचाह गर्न थाले पछि जिम्मेवार र परिपक्व बनेको देखेर कहिलेकाहीं हामी चकित हुन्छौं। हामीलाई थाहा छ कि सबैका जीवनमा चुनौतीहरू छन् - त्यसैले यहाँ हुनु भएकोमा धन्यवाद।
मानिसहरूले आफ्नो जीवनमा समस्यामा परे पनि हाम्रो हेरचाह र जे जति सबै कुरा हामीसंग साझा गर्नु भएकोमा हामी तपाईहरुको कदर गर्छौं ।
तपाईले हाम्रो लागि गर्नुहुने सबै कुराको लागि धन्यवाद - हामी तपाईको कदर गर्छौं !
हामी तपाईहरुको सक्दो सहयोग गर्न यहाँ छौं। तपाईले हाम्रो लागि गर्नुहुने सबै कुराको लागि धन्यवाद - हामी तपाई प्रत्येकको कदर गर्छौं !
हामी तपाईलाई अब कृतज्ञताको सुनौलो गोलामा बस्न आमन्त्रित गर्दछौं। हामीले संगै बिताउन पाउने समयको लागि कत्ति कृतज्ञ छौं भनेर महसुस गर्नुहोस् र अब तपाईको वरपरका सबै चीजहरूको लागि आफै कृतज्ञता महसुस गर्नुहोस्। हेर्नुहोस् कसरी कृतज्ञताको सुनौलो गोला हाम्रो वरिपरि आउने छ।
यदि तपाई चाहनुहुन्छ भने, आफुले जीवनमा कृतज्ञ हुने कुराहरूको यहाँ तपाईले नोटहरू लिन सक्नुहुन्छ:
आउनुहोस्संगै खेलौँ
हामीसंग खेल्नुहोस् !
हामी तपाईसंग खेल्न मन पराउँछौं, र हामी हामीसंग खेल्दा तपाई कतिको खुसी हुनुन्छ भनेर हेर्न चाहन्छौं।
हामी यहाँ संगै रमाइलो गर्नका लागि उपस्तित छौं ! हामी तपाईका खेलहरू खेल्दै, रमाइलो मानेर कसरी खेल्छौं भनेर देखाउन मन पराउँछौ- र आशा छ कि तपाईले पनि यसको आनन्द लिनुहुनेछ।
जीवन धेरै रमाइलो र अधिक सार्थक हुनेछ जब हामी खेल्दछौं।
यदि तपाई बोर हुनुहुन्छ भने, हामीसंग खेल्नुहोस्। यदि तपाई निराश हुनुन्छ अथवा रिस उठेको छ वा, चिडचिडापन, आशंकित, तनाव, अभिभूत महसुस भैरहेको वा कुनै पनि प्रकारको उपचारको आवश्यकता छ भने, हामीसंग खेल्नुहोस् र हेर्नुहोस कति चाडै फेरि सामान्य महसुस गर्नु हुनेछ।
तपाई हामीसंग खेल्नु भनेकै हाम्रो जीवनको सबैभन्दा ठूलो आनन्द हो।
हामी तपाईलाई यस्तो राम्रो समय देखाउनेछौं जुनले तपाईको सबै चिन्ता बिर्सन सहयोग गर्नेछ। जब तपाई आफैमा खुसी हुनुहुन्छ त्यो समयमा तपाईसंग रहनु हाम्रो लागि निकै आनन्दको कुरा हो।
जब हामीसंग तपाईको पूर्ण ध्यान हुन्छ र तपाई हामीसंग खेल्नु भनेकै हाम्रो जीवनको सबैभन्दा ठूलो आनन्द हो। हामी संगै बिताएका यी समय तपाईको सबैभन्दा खुशीको सम्झनाहरू हुनेछन्।
बाँच्नु भनेको खेल्नु हो - र खेल्नु भनेकै साँच्चै बाँच्नु हो।
आउनु होस्, खेल्न जाम !
हामी संगै खेल्दा खेरिको रमाइलो पलहरुको बारेमा यहाँ तपाईले नोटहरू लिन सक्नुहुन्छ:
स्वागत छ
पशु राज्यबाट, विशेष गरी तपाईको घरपालुवा जनावरबाट अभिवादन !
यसरी हामी तपाईसंग कुरा गर्न सक्षम भएकोमा साँच्चै खुसी छौं। हामी तपाईलाई धेरै कुराहरू भन्न चाहन्छौं, तर हामी यसलाई छोटो राख्नेछौं किनभने हामीलाई थाहा छ तपाईको जीवन कति भरिपुर्ण छ भनेर। हामीले सधैं चाहेको कुरा तपाईसंग साझा गरेर हामीसंग तपाईको जीवन सजिलो बनाउन चाहन्छौं ।
साँच्चै एक प्रेम पत्र जस्तै - हामी तपाईको कति ख्याल गर्छौं भनेर तपाईलाई बताउने यो एउटा मौका हो।
हाम्रो कुराकानीमा स्वागत छ - हामी आशा गर्छौं कि धेरै मध्येको यो एक कुराकानी हुनेछ।
यो हाम्रो घरपालुवा जनावरहरुले वास्तवमै तपाईसंग के भन्न चाहन्छन् भन्ने कुरा साझेदारी गर्न तिनीहरू संग मिलेर बनाईएको एक अन्तरक्रियात्मक पुस्तक हो। यो एक प्रकारको कार्यपुस्तिका हो र यहाँ तपाईको नोटहरूको लागि ठाउँ पनि राखिएको छ।
हाम्रो घरपालुवा जनावरहरु संग मिलेर बनाईएको यो एक अन्तरक्रियात्मक पुस्तक हो।
यहाँ पशु संचारको एक खण्ड पनि छ जहाँ घरपालुवा जनावरहरूले उनीहरु संग कुरा गर्न को लागी परिचय दिदै तपाईलाई सम्झाउछन कि तपाईलाई वास्तवमा यो पहिले नै थाहा छ।
यदि तपाई यो अध्यायहरू सुन्न चाहनुहुन्छ भने हामीले तपाईको लागि अडियो रेकर्ड गरेका छौं:
we-are-family.transistor.fm
हामी तपाईलाई खुसी र भरिपूर्ण हृदयले भेट्दै - हामीले भन्न चाहेका कुरा पढ्नको लागि समय निकाल्नु भएकोमा तपाईलाई धेरै धन्यवाद दिन चाहन्छौं। हामी आशा गर्छौं, तपाई आफ्नो हृदयमा महसुस गर्न सक्नु होला कि हामी तपाईलाई धेरै माया गर्छौं ! हामी यहाँ तपाई संग हुन पाउँदा खुसी र कृतज्ञ छौ !
अन्तमा, हामीले यो पुस्तक लेख्न चाहेको कारण: तपाईलाई यो भन्न कि तपाई हाम्रो परिवारको हिस्सा हुनुन्छ र हामी तपाईको परिवारको हिस्सा हुन पाउँदा अत्यन्तै खुसी छौं। परिवार सधैको लागि हो।
हाम्रो सबै मायाका साथ्,
तपाईका घरपालुवा जनावर, साथी, प्रियजन, र तपाईका परिवार।
From the publisher's feed