Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) S11/ Full Episode-3


Listen Later

गरीबी र अपाङ्गता एक अर्काको परिपुरक जस्तै देखिन्छ । किनकी जहाँ गरिबी त्यहाँ अपाङ्गता हुने दर बढी हुन्छ । अनि जहाँ अपाङ्गता त्यहाँ गरिबीको दर बढ्दो हुन्छ । झण्डै ३ दशक देखि ओखलढुंगा सामुदायिक अस्पतालले उपचारात्मक, प्रर्वद्र्धनात्क र रोक्थानात्मक सेवा प्रदान गर्दै आईरहेको छ । यसै क्रममा करिब २ वर्ष देखि अपाङ्गता र उनका परिवारलाई टेवा पुर्याउने उद्देश्यका साथ अस्पतालले छुट्टै सिबिआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ । अस्पताल अन्र्तगत सिभिआर कार्यक्रमले शुरुवाती चरणमा जिल्लाको खिजीदेम्बा र मोलुङ गाउँपालिकामा सेवा विस्तार गरेको छ । कार्यक्रमको शुरुवाती चरणमै कोरोना महामारी शुरु भएकोले अन्य क्षेत्रलाई जस्तै यसका सिबिआर कार्यक्रमलाई पनि असर पारेको छ । यस्तो अवस्थामा यस परियोजनाले के कस्तो सेवाहरु कसरी प्रदान  गरिरहेको छ ? आजको बसाईमा जानकारी पाउनु हुने छ । मैले यस सिबिआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमको बारेमा यस कार्यक्रमका कार्यक्रम संयोजक इन्द्र तामाङसँग भलाकुसारी गरेकी छु । अब कार्यक्रममा लागौं भलाकुसारी तर्फ नै

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm