Afno FM 104.8Mhz

कार्यक्रम दृष्टिकोण (Dristikon) S11/Episode-5


Listen Later

मेरो कर्म यात्रामा मलाई थाहा छ कि म थुप्रै झुपडीहरुमा पुगेकी छु । ती झुपडीका दुःखीहरुको दुःखमा उनीहरुसँगै रोएकी छु । कसैले नसुनेको उनीहरुको आवाजलाई सुनिदिएर उनीहरुको आवाजलाई बोल्ने प्रयास गरिरहेकी छु । हुन त म त्यस्तो संस्थामा सेवा गरिरहेकी छु । जसको नाम नै काफी छ जुन मानव विकास तथा सामुदायिक सेवा अनि आफ्नो एफ एम । यो नामलाई सँधै शिरोपर गर्ने कोशिस जारी छ । श्रोता आज पनि यस्तै सानो खुशीको कथा लिएर आएकी छु । ओखलढुंगा मोलुङ गाउँपालिका १ कुन्तादेवीका ठग बहादुर नेपालीका दुई छोरी अपाङ्गता छन । उनीहरुलाई भेटेको पनि झण्डै १० वर्षै हुन लागेछ । पहिलो पटक प्रमिला र हेम कुमारीलाई भेट्दा दुवै जना काठको मुढा झैं आगनमा डरङ्गै लडेको दृष्य म विर्सन सक्दिन । त्यस पश्चात म बेला बखत उनीहरुको हालखबर बुझ्न र दुःख सुखका गफगाफ गर्न उनीहरु कहाँ पुग्ने गर्छु । यसपाली भने २ वर्ष पछि उनीहरुको घर पुगें । उनीहरुका बुबा ठग बहादुर र आमा ज्ञान कुमारी नेपालीसँग दुःखसुखको भलाकुसारी गरेकी छु ।   अब भलाकुसारी तर्फ नै लागौंःःःःःः

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm