ओखलढुंगा चम्पादेवी गाउँपालिका ४ फेदीगुठका तुलसी खत्रीको जीवनमा यस्तै नसोचेको घटना घट्यो । १० वर्ष अघि घाँस काट्न जाँदा भिरबाट लडेर उनको ढाँडको मेरुदण्ड भाँचियो । उनको कम्मर भन्दा तलको भाग चल्दैन अनि हात पनि कम्जोर अवस्थामा छन । उनी व्हिलचियर प्रयोग कर्ता हुन । व्हिलचियर मै बसेर उनले घर धन्दामा आफ्नी वृद्ध आमालाई सघाउँछिन । मेरुदण्डमा चोट पुगेका व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल कसरी पुर्याउनु पर्छ ? भन्ने उनलाई हेक्का भईसकेको छ । तुलसीले यसै कार्यक्रम दृष्टिकोणबाट उनी जस्तै दुःख सुख साट्ने धेरै साथी भेटेकी छन । यस पटक फेरी आफ्नो स्वास्थ्य जँचाउन ओखलढुंगा सामुदायि अस्पताल आएको बेला भेटेर भलाकुसारी गरेका छौं । संयोगवस यस पटक तुलसी र उनी जस्तै मेरुदण्डमा चोट पुगेका माया श्रेष्ठ पनि सँगै भेटिए । हामी सँगै बसेर दुःख सुख गफिएका छौं, अब बाँकी भलाकुसारी बाटनैःःःःःःःःःःः