Afno FM 104.8Mhz

कार्यक्रम स्वास्थ्य संसार Episode-6


Listen Later

अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौं । महामारीको समयमा समाजमा नकरात्मक र सकारात्मक थुप्रै कार्यहरु भइरहेका छन । यति बेला धेरैले आफ्नो मनहरु खोलेका छन । भनिन्छ दुःखको साथी दुःखमा चिनिन्छ र सुखको साथी सुखमै । धेरै यस्तै भोग्दैछौं । यसै बिच यो दुःखको घडिमा धेरै व्यक्ति, संघ, संगठन धेरैले आफ्नो दिल र मुठि दुवै खोलेर आफ्नो छिमेकी, गाउँघरलाई बचाउने जस्ता सह्रायिन कार्य गरिरहेका छन । यस्तै ओखलढुंगामा जन्मिएर विदेशी भुमिलाई कर्मथलो बनाई रहेका परदेशीहरुले आफ्नो जन्मथलोको लागि निक्कै ठूलो र महत्वपुर्ण योगदान पुर्याईरहेका छन । हालसम्म विश्वको २१ राष्ट्रमा छरिएर रहेका ओखलढुंगेलीहरुले एक जुट भई कोभिड १९ विरुद्ध ओखलढुंगेली विश्वव्यापी सञ्जाल गठन गरी यस मार्फत आफ्नो जिल्लालाई ठूलो सहयोग पुर्याई रहेका छन । धेरै ठूला मानिने शहरहरुमा अक्सिजनको कमिका कारण मानिसहरुले ज्यान गुमाए । नागरिकले नै तिरेको करबाट छुटिने सरकारी बजेटमा नेताहरुले राजनीति गरिरहे तर सञ्जालले ओखलढुंगाका अति दुर्गम गाउँहरुमा आफ्ना मानिसले अकालमा ज्यान गुमाउन नपरोस भनेर इक्यूप्मेन्ट सहितको अक्सिजन सिलिन्डर पठाए । आजको बसाईमा यहि मनहरुको सञ्जालले पुर्याएको सेवाबारे चर्चा गरिने छ । मैले कोभिड १९ विरुद्ध ओखलढुंगेली विश्वव्यापी सञ्जालका संयोजक हाल बेलायतबासी शिवजी श्रेष्ठ र स्थानिय समितिका संयोजक तथा नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठसँग कुराकानी गरेकी छु । 

 विश्व सञ्जालका अध्यक्ष शिवजी श्रेष्ठसँगको कुराकानी सुन्दा मनै सिरिङग भो आमाले माग्दिनन, आफ्नो सन्ततीले बुझेर दिन पर्छ, त्यस्तै आफ्नो माटोले माग्दैन, हामीले दिनु पर्छ । वास्तवमा परदेशीहरुले धन भएर होइन मनले आफ्ना मानिसहरुलाई बचाउन यो पुण्यको कार्य गरे । ठूला शहरतिर अक्सिजनको कमिले मानिसको मृत्यु भईरहेको खबर सुनिरहँदा अब मैले अक्सिज कै कमिले ज्यान गुमाउनु पर्दैन भन्ने निश्चयता दिए । यो भन्दा महान कार्य के हुन सक्छ ? म भन्न सक्दिन । विश्व सञ्जालको यस कार्य प्रशंशानीय मात्रै होइन उदाहरणीय छ । जुन कार्यलाई पुस्तौंले सम्झनेछन । त्यस्तै स्थानिय समितिका संयोजक तथा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले विश्व सञ्जालले गरेको योगदानको खुलेर प्रशंशा र धन्यवाद ज्ञापन गर्नु भयो । म पनि सबै दिलदारी, मनकारी सहयोगीमनहरु प्रति जन्मभुमिमा उभिएर हाद्र्धिक नमन, सलाम व्यक्त गर्छु ।

र अन्तमा कोरोना महामारी अझै सकिएको छैन । विज्ञहरुले महामारीको तेस्रो चौथो लहर आउने बताईरहेका छन । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै जे सकिन्छ गरौं, आफु बचौं र अरुलाई पनि बचाऔं ।


...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm