Sign up to save your podcasts
Or
ओखलढुंगा खिजिदेम्बा खिजीफलाटेका फुर्वा शेर्पालाई १३ वर्षको उमेर देखि मानसिक समस्या देखियो । उनलाई धामिझाँक्रि र स्वास्थ्य संस्था पनि पुर्याइयो । तर डाक्टरको सल्लाह अनुसार निरन्तर औषधी सेवन नगरे पछि फुर्वाको मानसिक समस्या पटक पटक बल्झिरह्यो । उनी पछिल्लो पटक झण्डै ५ वर्ष देखि थला परिन, त्यस पछि भने गाउँघरमै धामिझाँक्रि गरेर टारियो । उनको हातखुट्टा नचल्ने भए पछि खाना खान समेत अरुकै भर पर्नु पर्ने भो । वडापालिकाले उनलाई पुर्ण अशक्तको अपाङ्गता परिचय पत्र दिएर त्यस बापतको सेवा सुविधा पनि पाईन । कम्जोर आर्थिक अवस्था, चेतनाको कमीका कारण फुर्वा आफै र उनका परिवारले उनको मृत्यु कुरिरहेको जस्तै थियो । फुर्वा कै गाउँपालिकामा ओखलढुंगा सामुदायिक अस्पतालले सिबीआर अर्थात समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसै कार्यक्रमले गरेको अपाङ्गता सर्वेक्षणको क्रममा फुर्वा फेला परिन । र सिबिआर कार्यक्रमले नै उपचारको लागि अस्पतालसम्म ल्यायो । उनको समस्या जटिल भएकोले फुर्वालाई अस्पतालले नै थप उपचारको लागि काठ्माण्डौ पठायो । त्यसरी झण्डै ५ वर्ष थला परेकी फुर्वा उपचार पछि निको भएकी छिन । बाँकि उनको कथा फुर्वा र त्यस क्षेत्रमा सेवारत सिविआर कार्यक्रमका सहजकर्ता खेम बरालसँग गरिएको कुराकानीबाट ःःःःःःःःःःःःःःःःःःःःःःःः