Afno FM 104.8Mhz

कार्यक्रम स्वास्थ्य संसार S12/Episode-21


Listen Later

चित्र माया सुनुवारमा १२ १३ वर्षको उमेर देखि मानसिक समस्या शुरु भयो । उनका परिवारले उपचारका लागि कयौं धामीझाँक्री देखि लिएर बाबाजी, सन्यासी कहाँ पुर्याए । अस्पताल पनि नपुर्याएका होइनन । तर उनको समस्या २० देखि १९ मा झरेन । अनि उनले २५ वर्ष भन्दा बढि एउटा खोरमा पशु झैं जीवन बिताई रहेकी छिन । खै उनका लागि मानव अधिकार लागु हुन्छ कि हुँदैन ? मानव अधिकारवादीहरुलाई सोध्न मन छ । म केही समय अघि उनको घरमा पुगें । उनको घर जाँदै गर्दा अचानक भिषण वर्षा भयो । निथ्रुक्कै भिजेको भएता पनि चित्र मायाको अवस्था देख्दा आफु भिजेको वा चिसो असजिलो भको महसुसै भएन । ओखलढुंगा खिजिदेम्बा ६ वन्सेमा उनको घर । मैले चित्रमायाको बुबा र आमासँग भलाकुसारी गरें । ती वृद्ध भईसकेका आमाबुबाको मनमा चित्रमाया कै लागि चिन्ता देखिन्थ्यो । अब बाँकी चाँहि कुराकानी बाट नै   ःःःःःःःःः

...more
View all episodesView all episodes
Download on the App Store

Afno FM 104.8MhzBy Afnofm