YUBACAST (Yubaraj Khatiwada)

“मेरो अमेरिकी सपना र यात्रा” रमेश न्यौपाने सँग गरिएको कुराकानी।


Listen Later

अमेरिका धेरैको सपनाको देश | धेरै  बिद्यार्थीहरूको उच्च शिक्षाको लागि रोजाईको गन्तब्य पनि  | एकखाले मान्छेहरु भन्ने गर्छन मरे पछी पुगिने भनिएको स्वर्ग खै छ कि छैन, तर ज्युदो हुदाँको स्वर्ग चाहिं हो अमेरिका भनेर | अमेरिका जानको लागि भनेर विभिन्न देशका दुताबासमा लाग्ने मान्छेको लाइन बर्सेनी लाखौको संख्यामा हुने गर्छ | आँट र जाँगर र क्षमता भएकाहरुको लागि धेरै मौका र अवसर पनि छन् अमेरिकामा |
तर कतिपय युवाहरुमा भने घरजग्गा साहुकोमा बन्धकी राखी  दलालहरुलाई लाखौं लाख रकम तिरेर ज्यानको जोखिम मोलेरै भएपनि महिनौ लगाई  विभिन्न ल्याटिन अमेरिकी      मुलुकहरू हुँदै रातभरि जङलको बाटो समेत हिंडेर अमेरिका आउनै पर्ने प्रवृत्तिले धेरैको परिवारमा विभिन्न आर्थिक, पारिवारिक एबम् सामाजिक समस्याहरु दिन प्रतिदिन  बढ्दै      गैरहेको पाइन्छ |
नेपालमा हुँदा देखेको अमेरिकी सपना र त्यो सपनालाई पुरा गर्नको लागि घर छोडेको दिन देखि अमेरिका प्रवेश नहुन्जेल सम्म गरिएको यात्राको सन्दर्भमा केन्द्रित रहेर एक नेपाली युवा रमेश न्यौपाने संग गरिएको कुराकानी हो, "मेरो अमेरिकी सपना र यात्रा" |
...more
View all episodesView all episodes
Download on the App Store

YUBACAST (Yubaraj Khatiwada)By Yubaraj Khatiwada

  • 5
  • 5
  • 5
  • 5
  • 5

5

9 ratings