YUBACAST (Yubaraj Khatiwada)

YUBACAST (Yubaraj Khatiwada)

By Yubaraj KhatiwadaArts
Download on the App Store

YUBACAST (Yubaraj Khatiwada) episodes

  • Space Review On My Cover: Timile Bhaneka Sara Dev Chhoyera
    मलाई प्रायः गीत गाउन पनि मन पर्छ | गीत गाउने कुरा गर्दा आजकल ट्वीटरको स्पेस नीकै राम्रो प्लेटफर्म बन्न पुगेको छ | कहिले काहीं निक्कै दिग्गज र अनुभवी व्यक्तित्वहरूवाट समेत प्रत्यक्ष गीत सुनेर तत्कालै प्रतिक्रिया प्राप्त हुने हुँदा यसले एक प्रकारले ऊर्जा र हौसला समेत प्राप्त हुने गरेको छ।
    8 min
  • Sports Talk - FGWS - 7, Summer Transfer Window
    With the end of the 2021-2022 season, the summer transfer window has begun, and players are away playing for their international teams. In this episode of Football Gossip with Samyam, we will talk about the dealings of the window so far, the Nations League, my TOTS and many more things. Stay tuned!
    17 min
  • समग्र राजनीतिक, आर्थिक र सामाजिक परिवेश प्रति प्रतिनिधि युवा धारणा - उत्तम ढुंगेल संगको सम्बाद
    नेपालको समसामायिक राजनीतिक, आर्थिक र सामाजिक अवस्था प्रति आम युवाहरुको कस्तो मुल्यांकन वा धारणा रहेको छ भन्ने बिषयमा केन्द्रित हुँदै प्रतिनिधि आवाजको रूपमा अत्यन्तै अध्ययनशील, कर्मठ र जुझारु राष्ट्रसेवक उत्तम ढुंगेल संग गरिएको कुराकानी
    59 min
  • अन्तर्यको जन्म, अदालतको बेथिती र सामाजिक सक्रियता - बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती
    एकजना संघर्षशील, जुझारु र आकर्षक व्यक्तित्व, सर्बोच्च अदालत बार एसोसिएसनका बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसंग वहाको हालै प्रकाशित कृतिहरू “बुवा – शोककाब्य” र “वहाकै संघर्षशील जिबनको कथा समेटिएको पुस्तक - अन्तर्य” , नेपालको न्याय क्षेत्रमा हाल देखिएको समस्या र यसका निरकरणका उपायहरु साथै वहाको अन्य सामाजिक संलग्नताका बिषयमा केन्द्रित हुँदै गरिएको कुराकानी |
    1 hr 6 min
  • समकालीन नेपाली संगीतका अग्रणी गजलकार - सुरेश वाग्लेसँग गरिएको एक साक्षात्कार
    दुइ दशक देखि नेपाली साहित्यमा कलम चलाइरहेका एक युवा जसले नेपाली संगीतको गजल विधामा अतुलनीय योगदान पुर्याईरहेका छन् | गजल लेखनमा मात्र होइन कि आफुले लेखेका गजलहरुलाई संगीतबद्ध गराएर त्यसको म्युजिक भिडियो समेत निर्माण गर्ने कुराले नेपाली संगीत क्षेत्रमा गजल विधालाइ शसक्त किसिमले स्थापित गर्ने र गजल संगीतको अभाबमा नेपाली संगीत क्षेत्रमा परिरहेको खाडललाइ पुर्ने महत्वपूर्ण काम समेत गरिरहेका चर्चित युवा गजलकार, संगीत उद्यमी तथा सामाजिक अभियन्ता सुरेश वाग्ले संग गरिएको एक साक्षात्कार |
    1 hr 17 min
  • काबुलबाट पछिल्लो समय उद्दार गरिएका ११ जना नेपालीमध्ये तनहुँ निवासी माधव लम्सालसंग गरिएको कुराकानी
    अफगानिस्तानको काबुलबाट भारतीय वायुसेनाको बिमानमार्फत हालै उद्दार भई नयाँ दिल्ली स्थित एउटा आर्मी क्वाटरमा २ हप्ते क्वारेन्टाइनमा बसिरहनुभएका ११ जना नेपालीहरुमध्ये एक तनहुँका माधव लम्सालसंग पछिल्लो समय काबुलमा देखिएको त्रासदी र वहाहरुको सम्पूर्ण उद्दार प्रक्रियामा केन्द्रित हुँदै गरिएको कुराकानी
    35 min
  • द्वन्दग्रस्त अफगानिस्तानको मजार–ई–शरीफ शहरमा मेरो एक शाकाहारी रात
    द्वन्दग्रस्त मुलुक अफगानिस्तानको राजनीतिले एकाएक कोल्टे फेरेर ससस्त्र बिद्रोही समूह तालिबानले त्यहाँको निर्बाचित सरकारलाई विस्थापन गरि राज्यसत्ता कब्जा गरेको वर्तमान सन्दर्भ पारेर, सन् २००४ तिर रोजगारीको सिलसिलामा म आफु अफगानिस्तानमा रहेको बखत एउटा यात्राको क्रममा सँगालेका अनुभबहरूको बर्णन जून मेरो डायरीमा करिब १० बर्ष पहिलेदेखि थन्किएर बसिरहेको थियो, त्यसैलाई स्मृतिका पानाहरुबाट यो पडकास्टमार्फत तपाई पाठक मार्फत पस्किएको छु |
    यसप्रति तपाईहरूबाट प्राप्तहुने विचार, सुझाब र सल्लाहहरु प्रति म सदैब आभारी रहनेछु |
    38 min
  • तरे संसार घुमिआम्ला, झरे माछा भइजाम्ला
    वैदेशिक रोजगारीका लागि काठमाडौं आउने क्रममा महाकाली नदि तर्दातर्दै भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलास्थित व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटना र विश्वका महाधनि मध्येका एक जेफ बेजोस, आफ्नै निजी रकेटमा हालसालै अन्तरिक्षयात्रामा गएको घटनाक्रम लगायतका सन्दर्भहरुलाई समेटेर तयार पारिएको दोभान राईद्वारा लेखिएको र नयाँ पत्रिकामा दैनिकमा प्रकाशित समसामयिक लेखको वाचन |
    18 min

About YUBACAST (Yubaraj Khatiwada)

From the publisher's feed

Podcast by Yubaraj Khatiwada