हाम्रो जन्मभूमि नेपाल र नेपाल बाहिर पनि नेपाली डायस्पोरा रहेको स्थानमा ज्येष्ठ नागरिकहरुको समस्या र अवस्था के कस्तो छ, हामीले हाम्रा ज्येष्ठ नागरिकहरू प्रति गर्नुपर्ने न्युनतम कर्तव्यहरु पुरा गरिरहेका छौं कि छैनौ? उनीहरुले सम्मानपूर्वक जीवन यापन गर्न पाउने उनीहरुको मौलिक अधिकार सुनिश्चित गर्नको लागि स्थानीय नेपाली समाज र संघ संस्थाहरुको दायित्व के कस्तो हुन जान्छ, यी र यस्तै बिषयमा केन्द्रित हुदै तयार पारिएको नेपाली पडकास्ट,
साथमा,
देवराज न्यौपाने: आफ्नो घर र परिवारलाइ भन्दा समाजलाई पहिलो प्राथमिकतामा राख्ने, आफ्ना घरायसी समस्या भन्दा पहिला छरछिमेक र साथीभाईहरुका समस्याहरुलाई समाधान गर्न अग्रसर हुने अत्यन्तै जुझारु र सक्रिय युवा सामाजिक अभियन्ता
र
बिटु केसी: जन्मभुमि होस या डायस्पोरा, नेपाली समाजलाई अत्यन्तै नजिकबाट बुझ्नु हुने, साथै साहित्य मार्फत आफ्नो विचारहरु प्रस्तुत गर्दै आउनु भएकी सक्रिय र जुझारु सामाजिक अभियन्ता अनि श्रस्टा