हाम्राे मनकाे सतह देखि गहिराईसम्म याे अस्तित्वले भिन्न कथाहरु चलयमान गराईरहन्छ। मनका संपुर्ण बिचारहरु, हामीलाई थाहा छ भनिएका कुराहरु, हामीले जीवनमा मानेर-नमानेर बसेका कुराहरु, तिम्राे जीवनकाे संपुर्ण भाेगाई, सुनुवाई, बुझाई र नबुझाई....याे सबै कुराहरु तिमीमा ध्यानकाे घटना हुन थाले संगै कथाहरु रहेछन भनेर थाह हुन थाल्छ। तिम्राे कथालाई तिमीले बुझ्दा जीवन सहज हुन्छ र नबुझ्दा, नबुझेरै दु:ख हुन जान्छ।
💡याे पाेडकास्ट माया सत्संगकाे "दाेस्राे पाईला - सहश्र सहज स्वीकार" नामक नेपाल, पाेर्तुगल, र एस्टाेनीयामा साँझकाे सत्संगमा रेकर्ड गरिएकाे शुन्य देखि शुन्य सम्मकाे संचारबाट निकालीएकाे हाे।💡