मेरो गाउँले गाउँ हुनुको अर्थ बोक्न छोडेको धेरै भएको छैन । एक दशक जति भयो । यो मेरो गाउँको मात्रै कथा पनि होइन देशको अधिकांश कुना कुनामा यस्तै नैराश्यताको कथा लुकेको छ । गाउँ गाउँ जस्तो बन्न र शहर शहर जस्तो बन्न युवा जमात देशमा रोकिन जरुरी छ । विरताले बनेको यो देश नैराश्यताले रित्तिन हुदैन् ।