आजको म हिजोको म हौं वा होइन छुट्याउन गाह्रो भएको एउटा जीन्दगी छ अहिले । एउटा समय यस्तो पनि थियो । बालापन । जोसंग निश्चलता, स्वतन्त्रता, निर्दाेषपना, अवोध हर्कत, शान्त लहडीपन, कोलाहलताको जीज्ञासुपन, अर्काे एक जिद्धि पागलपन बाहेक केही थिएन । आज समय पनि मसंगै हुर्किएछ क्यारे, जो संग ती सव चिज बाहेकको अरु सवथोक छ ।