सोमबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै बडालले संविधानको व्यवस्था कार्यान्वयन गर्दा त्यसलाई राष्ट्रघात भन्न नमिल्ने दाबी गरे। ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो?’, उनले भने, ‘धेरै नेपालीलाई नागरिकताविहीन हुने अवस्थाको अन्त्य गर्न अध्यादेश ल्याइएको हो।’