यो पुस्तक एरिकाको बारेमा हो जो राजा त्रिभुवनको समयमा नेपाली रानीहरूको उपचार गर्न नेपाल जान्छिन्। उनी राजा त्रिभुवनसँग मित्रता गाँस्छिन् (र उनलाई नाच्न पनि सिकाउँछिन्) र उनलाई भारतीय राजदूतसँगको सम्पर्कमा आउन मद्दत गर्छिन्, ताकि उनी नेपालबाट भाग्न र पछि नेपाल फर्किएर राणा शासनको अन्त्य गर्न सकून्।
यो कथा प्राय जसो नेपालीहरूलाई थाहा हुने खालको सामान्य कथा होइन त्यसैले म निश्चित प्राय छु कि यदि उनीहरूले यसलाई पढे भने, उनीहरूले आफुलाई थाहा नभएको केहि कुराहरु थाहा पाउनेछन् र यो हराएको कहानी सुनाएकोमा पुस्तकलाई धन्यबाद दिन्छन्।