भरत राज गौतम हाल राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा पशु विकास अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । विगत १४ वर्षदेखि सरकारी सेवामा कार्यरत उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसवाट पशुपन्छी उत्पादन तथा व्यवस्थापनमा स्नातक एवम् पशु प्रजनन् विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
उहाँले व्यावसायिक कृषकहरुलाइ लक्षीत गरी तयार गर्नुभएका व्यावसायिक पशुपंक्षीपालन(गाइभैंसी, बाख्रा, कुखुरा, डेरी, लोकल कुखुरा, वंगुर आदी) सम्वन्धी नेपाली भाषाका एक दर्जन जति पुस्तकहरु पाँचपोखरी प्रकाशन तथा विभिन्न सरकारी निकायवाट प्रकाशित भै बजारमा उपलब्ध छन् भने कक्षा ११ को पशुपन्छीपालन सम्वन्धी पुस्तक पनि विद्यार्थि प्रकाशनवाट प्रकाशीत छ ।
उहाँले पोखराको कास्कीकोटमा एउटा मध्यम आकारको एकिकृत कृषि फार्म पनि संचालन गर्नुभएको छ जहाँ एकिकृत प्रणालीमा चरनमा आधारित वोयर वीउ बाख्रा तथा ग्रामीण कुखुराका अण्डा र तरकारी उत्पादन हुन्छ । उहाँको कृषि तथा पशुपन्छीपालन एवम् बजारीकरण सम्वन्धी एउटा युट्युब च्यानल पनि संचालनमा छ । कृषि तथा पशुपन्छीपालन एकअर्कामा आश्रीत भएको पर्यावरणमैत्री दीगो कृषि उहाँको रुची र अनुसन्धानको विषय हो ।
सबै खाले कृषि जानकारी पाउन Smart Krishi App Download गर्नको लागि , यो लिंक प्रयोग गर्नु होला |🔗bit.ly/smartkrishi
Smart Krishi को tiktok संग पनि जोडिन: bit.ly/smartkrishitiktok
Smart Krishi को instagram संग जोडिन: https://www.instagram.com/smart.krishi/