Shramik Sanjal

SS FB Live #280 बिभिन्न देशका अपडेटहरू


Listen Later

आजको लाईभमा हामीलेः


कतारः

१. नयाँ बर्षको उपलक्ष्यमा नेपाली दूतावास कतार बिहिवार बन्द रहने भएको छ।

२.कतारको पुरानो र धेरै नेपालीहरु जमघट हुने मुन्ताजा पार्क खुल्यो।

३.विभिन्न कारणले गैरकानुनी भएका व्यक्तिको लागि आममाफीको समयसीमा अप्रिल ३० सम्मका लागि थप गरिएको छ  ।

४. रमादान महिनाभर बिना ओभरटाइम दैनिक ६ घन्टा भन्दा बढी काम नलगाउन श्रम मन्त्रालयले निर्देशन दिएको छ ।

५. अपराध अनुसन्धान विभागले १५ लाख कतारी रियालमा नक्कली सुन बिक्री गर्न खोज्ने एसियाली मुलका दुई जनालाई पक्राउ गरेको छ ।

६. सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का आधिकारिक प्रवक्ता खालेद अल-नामाले विश्वकपको समयमा आप्रवासी नागरिकलाई देश प्रवेशमा प्रतिबन्ध लगाउने अफवाह सत्य नभएको बताएका छन् ।


Saudi Arabia:

-साउदी अरबको जकात, कर तथा भञ्सार प्राधिकरणले कामदारहरूको पारिश्रमिक (तलब) तथा बोनसमा मुल्य अभिबृद्धी कर (VAT) नलाग्ने प्रस्ट पारेको छ ।

-मार्च २८ तारिख देखि अप्रिल ६ तारीखको बिचमा साउदि प्रहरिले १२,९२० जनलाइ कानुन उलंघन गरेको आरोपमा पक्राउ गरेको छ !

-ट्राफिक विभाग नजमले साना सवारी दुर्घटनाका लागि रिमोट रिभ्यु सेवाको पहिलो चरण सोमबारदेखि शुरु गरेको छ ।


यूएई अपडेट

- नयॉ वर्ष २०७९ को अवसरमा अप्रिल १५ तारिक  बिहिवार नेपाली राजदूतावास बन्द रहने।

- ४ जनाको समूहले 91,000 यूएईमा राम चोरी गरेका कारण ३ वर्षको जेल सजाय तोकिएको छ।

- दुबईमा एक माग्ने (beggars)लाई 40,000 यूएई दिराम र अन्य फरेन करेन्सीका साथमा पक्राउ गरिएको छ।

- रमादानको सुरूवात देखि 30,000 भन्दा बढी Iftar meals अबुधावीका केही व्यस्थ रोडमा कुदेका सवारी चालकहरूलाई प्रदान गरिएको छ।सडक दुर्घटना कम गर्न साथै भोकाएका व्यक्तिलाई सहयोग गर्नका निम्ति।

- रस अल खैमा मा 26 वर्षिय एक महिलाको गाडी कंट्रोल गर्न नसकेका कारण Spot Death भएको दुखद घटना।

- e-scooters, निशेधित एरियामा पार्क गरेमा २०० दिराम जरिवाना।

- दुबईले यो महिनाको अन्त्य सम्ममा e-scooter license permit लन्च गर्ने।


कुबेतः

-नयाँ वर्ष बि.स.२०७९ का उपलक्ष्यमा भोली सबै नेपाली दूतावासहरु बन्द रहने ।

-रमादानको पहिलो ९  दिनमा ९७ वटा उलंघनका घटना दर्ता ।

-हिजो जस्तै आज पनि मौसममा बादली हुने । मौसमविद् मुहम्मद करमले आगामी बिहीबार र शुक्रबार मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताएका छन्।

-रमादानमा सुरक्षा चेक-जाँचमा कडाइ। हवाली, साल्मिया र जिलिबमा १८ आप्रवासीहरु भिसा नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ ।

- श्रमिक सञ्जाल मा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org

-'बिदेश जानु पहिले' 4 May 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile


हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

...more
View all episodesView all episodes
Download on the App Store

Shramik SanjalBy Shramik Sanjal