Shramik Sanjal

SS FB Live #282 बिभिन्न देशका अपडेटहरू


Listen Later

आजको लाईभमा हामीः   

कतारः   

कतारको एक कम्पनिमा कार्यरत कामदारहरु सडकमा निस्किएर हडताल गरिरहेको भिडियो सामाजिक सन्जाल - 

- मार्फत बाहिरिएको छ । यदि तपाई हरु पनि त्यस कम्पनिमा कार्यरत हुनुहुन्छ भने त्यस्तो किसिमको हडतालमा सहभागी नहुनुहोस । कतार मा हडताल गर्नुलाई गैर कानुनी मानिन्छ ।  

- कतारमा आम माफिको समय यहि अप्रील 30 तारिख सम्म थप गरिएको छ ।  

- रमादानको अवसरमा अमिर शेख तमाम बिन हमाद अल थानीले विभिन्न कसुरमा जेलजिवन बिताइरहेका २१ जना नेपालीलाई आममाफी दिनुभएको छ ।  

- इ पासपोर्टको लागि अप्रील ५ तारिक सम्म आबेदन दिएका हरु को पासपोर्ट  बनेर आएको छ । दुतावासमा सम्पर्क गरेर बिदाको दिन बाहेक बिहान ९ बजे देखि अपहरान्न ३ बजे सम्म दुताबसमा गएर आफ्नो इ पास्पोर्ट लिनुहुन दुतावास ले सुचना जारि गरेको छ । त्यसै गरि ३ फेब्रुअरि २०२२ अघि मेसिन रिडेवल पासपोर्ट बनाउन जानु भएका तर  लिन जान नभ्याउनु भएका करिब ८९ थान पासपोर्ट लिन जानको लागि आवेदकलाई आग्रह ।  कुवेतः -रमादानको समयमा बाहिर माग्दै बसेका ३ जना र २६ जना भिसा नियम उल्लङ्घन गर्नेहरु पक्राउ ।  

-पारिवारिक भ्रमण (फ्यामिली भिजिट भिसा) छिट्टै खोलिने । -फर्मानिया बाट १८ भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरु पक्राउ ।

-जिलिब सोयक क्षेत्रबाट ७ महिला र १ पुरुष(एसियन र अफ्रिकन)लाई यौन ब्यबसाय गरेको आरोपमा पक्राउ साउदी अरब  

-साउदी अरेबियाको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले कामदारको जागिर नहटेको सूचना दर्ता गर्नका साथै सूचना खारेज गर्न नियन्त्रण तथा नियमावलीका सम्बन्धमा परिपत्र जारी गरेको छ । 

-साउदी अरबको पासपोर्ट(जवाजत) कार्यालयका अनुसार ७ अप्रिल देखि १३ अप्रिल सम्ममा १३,३६५ आप्रवासीहरुलाई भिसा नियम उल्लङ्घनको आरोपमा पक्राउ ।  

-साउदीको मदिना नगरपालिकामा पहिलो पटक बिजुलीबाट चल्ने गाडी चार्जको लागि चार्जिङ स्टेसन राखिए  । जसको उद्देश्य पेट्रोलियम  पदार्थको कम प्रयोग गर्दै वातावरण स्वच्छ राख्नु रहेको छ ।  

मलेशियाः 

-मलेशियामा ई–स्कुटर सेवा छिट्टै शुरु हुँदै । ई–स्कुटर लागि छिट्टै नियमावली ल्याइने ।  

यूएई अपडेट: 

- सार्जाह ईमिरेट्समा अब देखि “Smart theory tests “ एप्स बाट ड्राइविंग लाइसेन्सको लिखित परीक्षा ड्राइविंग इन्स्टिट्यूट नगई घर तथा अफिस बाट नै दिन सकिने। 

- illegal taxi service का कारण ५२ वटा ट्याक्सिहरूलाई जरिवाना लागेको छ।(दुबई टर्मिनल -२ मा)passengers लाई transportation Service दिएका कारण। 

- यूएई सरकारले अब ब्याचलर सम्म अध्ययन गरेका जसले विश्वका ५०० विश्व विधालयबाट ब्याचलर पास गरेका छन् उनीहरू उक्त भिसामा आई जागिर खोज्न सक्नेछन्। यसको उधेश्य यूएई सरकारले क्वालिफाइड मान्छेहरूलाई भिजिट भिसामा आएर काम खोज्नको निम्ति यस्तो नियम बनाएको छ। 

- रमादानको समयमा गैर कानूनिक रूपमा मागेर हिड्ने ९४ जना माग्नेहरूलाई पक्राउ गरेको छ।पक्राउ परेकाहरू मध्ये ३ जनाबाट मात्रै करिब ६५००० दिराम बरामत गरिएको छ।  

- गैर कानूनिक रूपमा माग्ने तथा माग्न प्रेरित गर्ने व्यक्ति तथा अर्गनाइजेसनलाई यूएई दिराम १००,०००( एक लाख) फाईनका साथै ६ महिना जेल सजाय हुने।  

-मानव संसाधन र एमिरेटाइजेसन मन्त्रालय ( Mohre)ले रोजगारदाता र परिवारहरूलाई गैर लाइसेन्स भर्ती एजेन्सीहरूबाट घरेलू कामदारहरू भर्ती नगर्न चेतावनी दिएको छ।साथै यस वर्गका कामदारहरूको सेवाहरू प्रवर्द्धन गर्ने अविश्वसनीय सोशल मिडिया पृष्ठहरू सहित।  र बिभिन्न देशका अपडेटहरू:  

- श्रमिक सञ्जाल मा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org 

-'बिदेश जानु पहिले' 4 May 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile

हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

...more
View all episodesView all episodes
Download on the App Store

Shramik SanjalBy Shramik Sanjal