Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।... more
FAQs about अस्ट्रेलिया बुझ्नुहोस्:How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?The podcast currently has 74 episodes available.
March 27, 2026Have you considered a career in translating and interpreting? - अस्ट्रेलिया बुझ्नुहोस्: दोभाषे र अनुवादक बन्नका लागि तयारी कसरी गर्ने?Have you ever considered using your bilingual skills to assist others? A career in translating and interpreting might be for you. In Australia you can train for a TAFE certificate all the way to Master’s degree prior to getting certified. In this episode we help you navigate the pathway to becoming a qualified practitioner. - के तपाईँले कहिल्यै अरूलाई सहयोग गर्न आफ्ना द्विभाषिक क्षमताहरूको प्रयोग गर्ने बारेमा सोच्नुभएको छ? यदि सोच्नु भएको छ भने, अनुवादक र दोभाषेको करियर तपाईँको लागि उपयुक्त हुन सक्छ। अस्ट्रेलियामा प्रमाणित अनुवादक वा दोभाषे बन्नका लागि तपाईँले टेफको सर्टिफिकेटदेखि मास्टर्स डिग्रीसम्मको तालिम लिन सक्नु हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यस पेशा अपनाउनका लागि आवश्यक तयारी र कदमहरूबारे विशेषज्ञहरूको सल्लाह र सुझावहरूको चर्चा गरेका छौँ।...more12minPlay
March 18, 2026Think before you pack: Australia’s customs and biosecurity rules explained - अस्ट्रेलिया बुझ्नुहोस्: यहाँ आउँदा के ल्याउन पाइन्छ, के पाइँदैनCustoms is generally the first point of contact for people entering Australia. Our Border Force Officers are there waiting. They ensure that we don’t bring in prohibited goods that could threaten Australia’s unique environment, economy and communities. Before you zip up your suitcase, here’s what you need to know about what can—and can’t—cross the border, and what’s at stake if biosecurity rules are ignored. - अस्ट्रेलिया आउने मानिसहरूका लागि सामान्यतया कस्टम्स पहिलो सम्पर्क बिन्दु हुन्छ। त्यहाँ अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरू खटिएका हुन्छन्, जसले देशभित्र त्यस्ता प्रतिबन्धित वस्तुहरू प्रवेश हुन नदिने सुनिश्चित गर्छन्, जसले अस्ट्रेलियाको अनौठो वातावरण, अर्थतन्त्र र समुदायहरूलाई नोक्सान पुर्याउन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा आफ्नो सुटकेस प्याक गर्नु अगि यहाँ के ल्याउन पाइन्छ, के पाइँदैन र बायोसेक्युरिटी सम्बन्धी नियमहरूको उल्लङ्घन गरेमा के–कस्ता जोखिम हुन सक्छन् भन्नेबारे महत्वपूर्ण जानकारी दिनेछौ।...more13minPlay
March 13, 2026How public and community housing works in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: ‘पब्लिक र कम्युनिटी हाउजिङ’ बारे तपाईँले जान्नै पर्ने कुराIn Australia, government-subsidised rental housing is available for eligible households. Assessment is based on need under criteria that vary depending on your state or territory. Here’s what to expect when applying for different types of housing assistance, some common myths around social housing and where to reach out for help. - अस्ट्रेलियामा योग्य परिवारहरूलाई सरकारद्वारा भाडामा सब्सिडी सहितका आवासीय सुविधा उपलब्ध गराइन्छ। यो राज्य वा प्रदेश अनुसार विभिन्न मापदण्ड अन्तर्गत आवश्यकताको आधारमा मूल्याङ्कन गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आवास सहायता आवेदन प्रक्रियाका अपेक्षाहरू, सामाजिक आवास सम्बन्धी रहेका केही भ्रमहरू र सहयोग वा जानकारीका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारेमा जानकारी दिनेछौ।...more12minPlay
March 06, 2026Your guide to using sunscreen in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: सनस्क्रिन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूAustralia’s sun can be harsh. And sunscreen is one key measure protecting us against harmful sun exposure. We asked three scientists about sunscreen facts, myths and choosing the right products. - अस्ट्रेलियाको घाम निकै चर्को र हानिकारक हुन सक्छ। हानिकारक अल्ट्राभोइलेट रेडिएसन वा पराबैंगनी किरणहरूबाट जोगिन सनस्क्रिनको प्रयोग गर्नु एउटा प्रभावकारी उपाय हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्टको यस अङ्कमा हामीले सनस्क्रिनका तथ्य, यसबारे रहेका गलत धारणाहरू, र सही तरिकाले यसको छनोट कसरी गर्ने भन्ने विषयमा तीन जना वैज्ञानिकहरूका सुझावहरू प्रस्तुत गरेका छौँ।...more11minPlay
February 22, 2026How to recover from bushfires - अस्ट्रेलिया बुझ्नुहोस्: डढेलो पछि पुन: सामान्य जीवनमा कसरी फर्कने?Australia’s hot, dry climate and unique landscapes make it one of the most bushfire-prone countries in the world. As climate change drives higher temperatures and drier conditions, we can expect more frequent and more intense bushfires in the future. But once the fire is out, how do you return home safely, find support, and look after yourself? - अस्ट्रेलियाको तातो र सुख्खा मौसम तथा अनौठा प्राकृतिक भूभागहरूका कारण यो विश्वका ती देशहरूमध्ये पर्छ, जहाँ ‘बुशफायर’ वा डढेलोको जोखिम धेरै छ। जलवायु परिवर्तनका कारणले बढ्दो तापक्रम र जमिनमा सुख्खापन बढिरहेको हुँदा, भविष्यमा डढेलो बारम्बार लाग्ने र तीव्र रूपमा हुने सम्भावना छ तर आगो निभेपछि सुरक्षित रूपमा घर कसरी फर्किने, आवश्यक सहयोग कहाँबाट पाउने र आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आपत्कालीन उद्धारदेखि लिएर दीर्घकालीन रूपमा पुनः स्थापनासम्मका लागि चाल्नुपर्ने अत्यावश्यक कदमहरूका बारेमा विशेषज्ञहरूको सल्लाह र सुझावका बारेमा चर्चा गरेका छौँ।...more13minPlay
February 13, 2026How does IVF work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: 'आईभीएफ' भनेको के हो र यसले कसरी काम गर्छ?Did you know that IVF is not the first, but in fact the last step in a sequence of fertility treatments? In Vitro Fertilisation is regulated by state and territory laws. It can also be expensive and emotionally challenging. Here’s what to expect when aiming to start a pregnancy with IVF in Australia. - के तपाईँलाई थाहा छ, आईभीएफ प्राकृतिक रूपमा गर्भधारण गर्न नसकेको अवस्थामा पहिलो नभएर अन्तिम विकल्प हो? ‘इन भिट्रो फर्टिलाइजेसन’लाई अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशका कानुनहरूले नियमन गर्ने गर्दछन्। यो विधि खर्चिलो भएसँगै अवस्थामा भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियामा आईभीएफ मार्फत गर्भधारण गर्दै गर्दा ध्यान दिनु पर्ने कुराहरूका बारेमा चर्चा गरेका छौँ।...more10minPlay
February 12, 2026Public transport in Australia: breaking down the basics - अस्ट्रेलिया बुझ्नुहोस्: ‘पब्लिक ट्रान्सपोर्ट’ बारे तपाईँले जान्नै पर्ने कुराहरूLike in most countries, public transport in Australia is the cheapest way to get around. It includes trams, buses, trains and ferry services. And each state or territory has its own transport network. However, navigating Australia’s public transport system with ease requires knowing the basics around how it works and what to expect. - अस्ट्रेलियामा यात्रा गर्न सार्वजनिक यातायात प्रयोग गर्नु सबैभन्दा सस्तो र सरल तरिका हो। ट्राम, बस, रेल र फेरी सेवामार्फत मानिसहरूले नियमित यात्रा गर्छन् र प्रत्येक राज्य र प्रदेशको आफ्नै सार्वजनिक यातायात सञ्जाल छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले अस्ट्रेलियाको सार्वजनिक यातायात प्रणाली कसरी सञ्चालन हुन्छ, टिकट र भुक्तानी प्रणाली के कस्ता छन्, यात्रा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ र नयाँ आगन्तुकहरूले सजिलै प्रयोग गर्न सक्ने सुविधाहरूबारे चर्चा गरेका छौँ।...more13minPlay
January 30, 2026How to cater for your dietary restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुराहरूAustralia is known as the allergy capital of the world. Our diverse population also means that we express our religious beliefs, ethics, health and personal choices through the food we eat. We called on some experts to help us navigate all the labelling, certifications and resources that can inform our food choices. - अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।...more12minPlay
January 28, 2026What actually happened on January 26? - अस्ट्रेलिया बुझ्नुहोस्: ज्यानुअरी २६ को वास्तविकताJanuary 26 is one of the most debated dates in Australia’s history. Often described as the nation’s birthday, the day marks neither the formal founding of the colony nor the creation of the Commonwealth. Instead, it reflects a layered history shaped by colonisation, political decisions, and ongoing First Nations resistance. Understanding what actually happened on January 26 reveals why the date is experienced so differently across the country. - अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विवादास्पद दिनहरूमध्ये एक हो, ज्यानुअरी २६। प्राय यसलाई देशको जन्मदिनको रूपमा वर्णन गरिन्छ, तर यो दिन न त उपनिवेशको औपचारिक स्थापना भएको दिन हो न त कमनवेल्थ बनेको। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले ज्यानुअरी २६ को ऐतिहासिक पृष्ठभूमि, यस दिनलाई किन सार्वजनिक बिदाको रूपमा मानियो र किन यहाँका विभिन्न समुदायले यसलाई फरक फरक रूपमा बुझ्छन् र अनुभव गर्छन् भन्ने बारे चर्चा गरेका छौँ।...more10minPlay
January 12, 2026Your guide to camping in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँको ‘क्याम्पिङ गाइड’Going camping is an incredible way to experience Australia’s great outdoors whilst also taking a break from technology and daily routines. We unpack the benefits of camping, the preparation required, the equipment you should consider taking, and how to be a considerate camper. - अस्ट्रेलियामा क्याम्पिङ जानु, यहाँको प्राकृतिक सौन्दर्यको अनुभव गर्ने एउटा राम्रो तरिका हो। साथै, यसले प्राविधिक उपकरण र दैनिक जीवनको व्यस्तताबाट केही समयका लागि विश्राम दिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले क्याम्पिङका फाइदाहरू, तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरू, क्याम्पिङमा के-के सामान लैजानु उपयुक्त हुन्छ र राम्रो क्याम्पर कसरी बन्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।...more10minPlay
FAQs about अस्ट्रेलिया बुझ्नुहोस्:How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?The podcast currently has 74 episodes available.