भक्कानो छोड्दै महतोले सुनाउनुभयो, ‘हजुरबुबा, बुबा, आमा, श्रीमतिको नाममा भएका सम्पत्तिहरु बेचेर साहुको पैसा तिरें । उल्टै साहु र साहुका एकाउन्ट हेर्ने अशोक यादवले तँलाई मारेर फालिदिन्छु भन्दै धम्की दिन थालेका छन् । घरबाट निकालिएको छु । कहिले कहाँ कहिले कहाँ रात बिताउनुपर्छ । आफ्नो भन्ने पनि कोहि छैन । छोराछोरीलाई भेट्न पनि दिँदैनन् ।’