Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
November 01, 2019बसाइ नेपालमा, दैनिकी भारतमाजौवारीका स्थानीयलाई इलाम बजार पुग्नुभन्दा सिमावर्ती भारतका बजारहरु मानेभञ्जाङ, सुकिया, सिमाना जस्ता ठाउँमा जान पायक पर्छ । बिरामी हुँदा भारतिय अस्पताल जानुपर्ने बाध्यताले खर्च पनि धेरै लाग्ने स्थानीयको गुनासो छ । स्थानीय कुमार बस्नेत आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबार रहेकाले महङ्गो रकम तिरेर उपचारका लागि जान समस्या हुने बताउनुहुन्छ ।...more3minPlay
October 30, 2019दशैं तिहारको बिदामा थियटर र नाटकको नौलो अनुभवकार्यशालामा काकरभिट्टा क्षेत्रका १३ जना बालबालिका सहभागि थिए । स्थानीय हिलारी पोर्तेल र अंकित निरौला नयाँ नयाँ विषय सिक्न पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ ।बालबालिकाहरुको बिदाको समयको सदुपयोग गरेर उनीहरुलाई नयाँ कुरा सिकाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । परिवर्तन थिएटरका अध्यक्ष कविता नेपाल विद्यार्थीहरुको छुट्टीको सदुपयोग गर्दै कार्यक्रम गरिएको बताउनुहुन्छ ।...more2minPlay
October 30, 2019बजारका भाँडाले विस्थापित गर्यो माटाका भाँडाकपिलवस्तुको शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका लगायतका ठाउँमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीका कोहार र मुस्लिम धर्मावलम्बीका कसघड जातीका नागरिक ठूला चाडबाडका बीच माटाका सामग्री बनाउन अहिले व्यस्त छन् ।...more2minPlay
October 30, 2019काभ्रेमा फूल खेती गर्ने किसान बढ्दैजिल्लाको बनेपा, धुलीखेल, पनौती, रोशी, पाँचखाल, बेथानचोक र भुम्लुका विभिन्न स्थानाम फूल खेती हुँदै आएको छ । पुष्प खेती प्रबद्र्धनका लागि कृषि ज्ञान केन्द्र काभ्रेले योजना बनाइरहेको कार्यालय प्रमुख जनार्दन खड्काले बताउनुभयो ।...more3minPlay
October 30, 2019साढे सात करोडका सरकारी गाडी प्रयोगविहिनदुवै गाडीको खरिद मुल्य तत्कालिन समयमा ४०/४० लाख उल्लेख गरिएको छ । त्यतिखेर ४० लाखमा किनिएका ती गाडीको मूल्य अहिले डेढ करोड पर्छ । करिब डेढ करोड पर्ने अर्काे कालो रङको गाडीको नम्मर प्लेट नै छैन । जिल्ला समन्वय समितिकै परिसरमा अर्को कुनामा अर्को ल्यान्डरोभर कम्पनीकै गाडी विग्रीएको अवस्थामा छ र उक्त गाडी पनि कति समयदेखि त्यहाँ छ भन्ने कुनै अभिलेख छैन ।...more3minPlay
October 29, 2019नेपालको ओखर अलपत्र, विदेशबाट करोडौंको आयातचार दिनअघि असन पुग्दा ललितपुरका लक्ष्मी महर्जन भाईटीकाका लागि भाईमसलाको सामान किन्दैगर्दा भेटिनुभयो । ओखरको मुल्यमा उहाँले निकैबेर मोलमोलाई गर्नुभयो । ७ सयमामा एक प्याकेट किन्नुभयो ।...more4minPlay
October 28, 2019बजार अनुगमनलाई नियमित बनाउन उपभोक्ताको मागचाडपर्वका बेलामात्रै भन्दा पनि नियमित रुपमा बजार अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ । चाडपर्वको बेला दैनिक चाहिने उपभोग्य सामानसँगै अन्य सामानको पनि बिक्री बढ्ने भएकाले उपभोक्ता ठगीमा पर्ने सम्भावना बढि नै हुन्छ ।...more2minPlay
October 28, 2019सीप सिक्न पाएपछि खुशी,गुरुङ समुदायका महिलागुरुङ समुदायका महिला तथा किशोरीका लागि पोखरा महानगरपालिका वडा नं ९ को ५० हजार रुपैयाँ सहयोग तथा तमु धिं नेपाल केन्द्रीय आमा समितिको व्यवस्थापनमा तालिमको आयोजना गरिएको हो । तालिममा सहभागी चिसापानीका अस्मी गुरुङ युवाहरुले कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने बताउनुहुन्छ । तमु महिलाहरुलाई उद्दमशीलताको विकासका साथै संस्कृति संरक्षणका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।...more3minPlay
October 28, 2019स्थानीय जातको सयपत्री फुल्न ढिलाइ१३ रोपनी जमिनमा लगाएको स्थानीय जातको सयपत्री २० प्रतिशत मात्रै फूलेपछि धनकुटा ३ सेउलेका नगेन्द्र घिमिरे निराश हुनुहुन्छ । तिहारमा बेच्नका लागि लगाएको सयपत्री नफूलेपछि उहाँका छिमेकी गजेन्द घिमिरे पनि खुशी हुन सक्नुभएको छैन । उहाँले चार रोपनी जमिनमा सयपत्री र मखमली फूल लगाउनुभएको छ । मखमली ढकमक्क भएपनि सयपत्रीमा भर्खर कोपिला मात्रै लाग्दैछ ।...more2minPlay
October 26, 2019सार्वजनिक ठाउँमा सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणको जिम्मा अब प्रहरीलाईस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव पुस्करराज नेपालका अनुसार यसका लागि ऐन संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ । गृह मन्त्रालयबाट प्रतिक्रिया पाइसकेको र अर्थ अनि उद्योग मन्त्रालयबाट आइसकेपछि कानुन मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा पठाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका उप सचिव नेपालले भन्नुभयो, ‘जबसम्म नेपाल प्रहरीलाई हामीले सहभागी गराउन सक्दैनौं तबसम्म यो कार्यान्वयन हुन सक्दैन । डर, त्रास नभइ यो कानुन कार्यान्वयन हुने अवस्था देखिएन ।’...more3minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.