सर्लाहीको लालबन्दी नगरपालिका १० मा २ वर्षअघि एकजना बालकको सर्पले टोकेपछि मृत्यु भयो ।
मृत्युको कारण थियो, समयमै सर्पदंश उपचार केन्द्रसम्म पुर्याउन नसक्नु ।
लालबन्दी १० का चेतबहादुर मगर, त्यसको साक्षी हुनुहुन्छ । उहाँका अनुसार ती बालकलाई सर्पले टोकेको मात्रै थाहा थियो । तर, कुन सर्पले टोक्यो भन्ने खुलेको थिएन ।
सर्पदंश उपचार केन्द्रसम्म लिएर जाने वा अस्पताल पुर्याइहाल्नुपर्छ भन्ने पनि थाहा नहुँदा ती बालकको मृत्यु भयो ।
रौतहटका महादेवी पासवानका श्रीमानको गत वर्षको साउनमा मृत्यु हुनुको कारण पनि सर्पको टोकाइ नै थियो ।
साहुको घरमा काम गर्न गएका बेला महादेवीका श्रीमानलाई सर्पले टोकेको थियो ।
‘सर्पले टोकिसकेपछि झारफुक गरायौँ । पछि अस्पताल लग्यौँ । त्यहाँबाट अर्को अस्पताल पठायो । अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो । अनि शव फर्काएर अन्त्येष्ठि गरियो ।’ ती दिन सम्झँदै महादेवी भावुक हुनुभयो ।
सर्लाही र रौतहटमा मात्रै होइन, गर्मी मौसम सुरु भएसँगै तराईँका जिल्लामा सर्पको जोखिम धेरै हुन्छ ।
यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्छ । यदि सर्पले टोकेका व्यक्तिलाई समयमै एन्टिस्नेक भेनम दिइएन भने मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष १ हजारभन्दा बढी व्यक्तिको मृत्यु सर्पले टोकेर हुन्छ ।
कतिपय मानिसको स्वास्थ्यसंस्था नपुग्दै मृत्यु हुन्छ,त्यसैले पनि सर्पको टोकाइका कारण ज्यान गुमाउनेको तथ्याङ्क सार्वजनिक गरिनेभन्दा धेरै हुन्छ ।
सर्पले टोकिहालेमा उपचारका लागि आवश्यक पर्ने एन्टिस्नेक भेनम भने नेपालमा उत्पादन हुँदैन ।
एन्टिस्नेक भेनम बर्सेनि करिब ३० हजार भाइल भारतबाट आयात गरिन्छ र यसैका लागि बर्सेनि झन्डै २ करोड रकम बाहिरिने गरेको छ ।
यो ओषधि निर्यात बन्द गर्ने ८ वर्षअघिको भारतको घोषणा कार्यान्वय भयो भने नेपालमा सर्पले टोकेको अवस्थामा उपचार नपाउने अवस्था आउन सक्छ ।
यसैका कारण पनि सरकारले नेपालमै एन्टीस्नेक भेनम उत्पादनमा प्रोत्साह गरे पनि प्रगति उत्साहजनक छैन । २०७६ सालमा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालमै एन्टिस्नेक भेनर उत्पादन गर्ने भनेर घोषणा गर्यो ।
प्रतिष्ठानले सर्लाहीको लालबन्दीमा करिब साढे आठ बिगाहा जग्गामा “एन्टीस्नेक भेनम” उत्पादन गर्ने घोषणा गरेको ३ वर्ष भयो ।
प्रतिष्ठानका अध्यक्ष रेवती पन्तका अनुसार प्रदेश सरकारसँगको समन्वयमा ७५ करोडको लगानीमा एन्टिस्नेक भेनम उत्पादन गर्न भौतिक संरचनाको काम भइरहेको छ ।
थप कामका लागि अध्ययन भइरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कोरोनाका कारण पनि काम प्रभावित भयो । तर, अहिले द्रूत गतिमा काम भइरहेको छ । आशा छ अबको २ वर्षमा सबै काम पूरा हुन्छ र नेपालमै एन्टिस्नेक भेनम उत्पादन सुरु हुन्छ ।’
सुनसरीस्थित एन्टिस्नेक भेनोम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिले औषधि उत्पादन गर्ने २०७५ मा घोषणा गरेको थियो ।
तर, उत्पादन अझै सुरु हुन नसकेको उद्योगका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँल बताउनुहुन्छ ।
उहाँका अनुसार नेपालमै एन्टिस्नेक भेनम उत्पादनका लागि सरकारले नीतिनियम बनाउन सकेको छैन । नीति नै नभएप