पोखरा महेन्द्र गुफा र चमेरे गुफाको गुरुयोजना सार्वजनिक
पोखराका महेन्द्रगुफा तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्धेश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ ।
स्थानीय विन्ध्यवासिनी मा.वि. को स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित रुपमा विकास गराउने उद्धेश्यले गुरुयोजना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी गराउनु भयो ।
शुक्रबार गुरुयोजना सार्वजनिकीरण तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न योजना समेटिएको गुरुयोजना सार्वजनिक गर्नुका साथै गुरुयोजना कार्यान्वयन स्वरुप प्रारम्भिक रुपमा ५० लाख रुपैयाँ विभिन्न योजनामा खर्च गर्ने घोषणा समेत गरेको छ ।
Learn more about this project: https://ganthan.com/featured/mahaindra-guffa-cap-chamara/
Watch video: https://www.youtube.com/watch?v=3OVZrXQDu8M
Visit our website for more information: https://ganthan.com/