👉 देशकै ठुलो पोखरा महानगरपालिका पोखरा महानगरपालिकाले आर्थिक वर्ष ७६/७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि सो बजेट प्रस्तुत गरीन् । बजेटले महानगरको पूर्वाधार, कनेक्टिङ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, स्मार्ट सिटि, आकाशे पुल, पातलेछागोंमा सिसाको पुल लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजानिक गरेको छ ।
👉 पोखरा १७ पातले छाँगोमा पर्यटकलाई आक्रर्षण गर्न सिसापुल निर्माण हुने भएको छ । पर्यटन पूर्वाधार निर्माण आयोजना सार्वजनिक निजी साझेदारी अन्तर्गत पोखरा पातले छाँगोमा सिसाको पुल निमार्ण गर्ने भएको हो ।
👉 नेपाल खेलकुद पत्रकार मंचले असार १७ गते काठमाडौंमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अर्वाडको मनोनयनमा पोखरा दुई जना पर्न सफल भएका छन् । एशियाली रजत पदक बिजेता युकेश गुरुङ र प्रशिक्षकमा योगश भट्टराई मनोनयनमा परेका हुन् ।
Visit our website for more information: https://ganthan.com/