मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ।
प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख।
ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।
तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।
तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।
आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।