Mero Report

Mero Report

By EAI NepalBusinessNon-Profit
Download on the App Store

Mero Report episodes

  • मायासँग मनका कुरा १३ – उच्च महत्वाकाँक्षाले जोखिम निम्त्याउन सक्छ

    मायासँग मनका कुरा १३ – उच्च महत्वाकाँक्षाले जोखिम निम्त्याउन सक्छ

    ‘उच्च महत्वाकाँक्षाले हामीलाई विभिन्न किसिमको जोखिम, जस्तै: मानव बेचबिखन, ठगी, श्रम शोषणमा पार्न सक्छ’

    टन्न कमाउने, धनी हुने र उत्कृष्ट जिन्दगी बाँच्ने सपना बोकेर खुसी र इन्दिरा दुई किशोरी राजधानी सहर पसेका छन् । उनीहरू कोहलपुरबाट काठमाण्डौँआइपुगे । ल्याएको पैसा सकियो, बिरानो सहरमा पैसाबाहेक अरू आफन्त नहुने रहेछन् । खुसी र इन्दिरालाई कोठा खोज्नै समस्या भो । उनीहरूले एउटा ब्युटी पार्लरमा काम थाले । किशोरीबाट फइदा लिन खोज्नेहरू जताततै घुमिरहेकै थिए । ब्युटी पार्लरको काम सिकिरहेका खुसी र इन्दिरालाई डान्स बारमा नचाउने चाहने मान्छेले पैसा र कामको अफर गरेको छ । तर ती किशोरीहरूले निर्णय गरिसकेका छैनन् ।

    हामीले सपना देख्नु या भनौँ उच्च महत्वाकाँक्षा राखेर देखेका सपनाहरू पुरा गर्नतिर लाग्नु नराम्रो होइन तर कुनै पनि महत्वाकाँक्षा लक्षित विषयहरूमा राम्रो सोचविचार नगरी लागिपरियो भने हामी मानव बेचबिखनमा पर्न सकिन्छ । त्यस कारण हामीले गर्ने हाम्रा जीवनको हरेक निर्णयहरूमा धेरै सोचविचार पुर्‍याउन, घरपरिवारसँग छलफल गर्न अत्यन्त जरुरी हुन्छ ।

    बाँके, सुनसरी र मोरङका रेडियोहरूबाट प्रसारण र सामाजिक सञ्जालहरूबाट पोडकास्ट हुँदै आइरहेको कार्यक्रम ‘मायासँग मनका कुरा’ वैदेशिक रोजगारी, घरेलु श्रम लगायत क्षेत्रहरूमा हरेक किसिमबाट हुँदै आइरहेको मानव बेचबिखन विरुद्धका विषयवस्तुलाई सशक्त रूपमा उठान गरिन्छ ।

    खुसी र इन्दिरा जस्तै बाँके, मकवानपुर र सुनसरीका साथीहरूको आत्मकथा पनि घतलाग्दो छ । जीवनमा आफू खुसी साथीको बहकाइमा, सोचविचार नै नगरी लिएका निर्णय(पढाइ, वैदेशिक रोजगारी, हतारमा गरेको बिहे)का कारण अहिले पछुताउन परेको अनुभवहरू तपाई हामी मध्ये धेरैसँग छ ।

    साथीहरूले ‘आफ्नो जीवनमा कुनै पनि कुराका बारेमा निर्णय लिँदा जस्तै बिहेवारिका विषयमा, पढाई सम्बन्धी, भविष्यको आफ्नो लक्ष्यको बारेमा, वैदेशिक रोजगारी लगायतका विषयहरूबारे निर्णय लिनु अघि के कस्तो कुराहरूमा सोचविचार गर्नुहुँदो रहेछ त भनेर उहाँहरू आफैँले बत्ताउनुभएको छ । ।

    थानकोटका साथी विवेक पुनको घतलाग्दो प्रश्न छ, मानव बेचबिखन कसरी हुन्छ, मानव बेचबिखन गर्नेलाई कसरी चिन्ने ? मानव बेचबिखन गर्ने तस्करहरू हाम्रै वरिपरि हाम्रै भेसभुसामा र आफन्तकै भेषमा पनि हुन सक्छन्, हामी जो कोही पनि बेचबिखनमा पर्न सकिन्छ त्यसैले हामी जतिखेर पनि सर्त रहनुपर्छ ।

    29 min
  • Sajha Boli Radio Bahas - Central Episode 2 आगो निभाउन रोबोर्ट किन्ने तयारी, चाउचाउ चिउरा बाँड्ने चलन फेरिँदै

    आगो निभाउन रोबोर्ट किन्ने तयारी, चाउचाउ चिउरा बाँड्ने चलन फेरिँदै

    साझा बोली रेडियो बहस–२, केन्द्रीय संस्करण – २०७४ को स्थानीय चुनावपछि दुई वर्षसम्म देशभर पहिरो ह्वात्तै बढ्यो । किनभने जथाभावी घरघरमा मोटर बाटो लैजान डाडाँपाखामा डोजर कुदाइयो । तर अबदेखि जस्ले विकासका नाउँमा विपद् आउनेगरी डाँडाकाँडामा अध्ययनबिना डोजर कुदाएर क्षति पुर्याउँछ क्षतिको घाटा त्यहि ठेकेदार वा डोजर धनीलाई तिराउनुपर्छ । जमीनको १० मिटर भित्र परिक्षण गरेर डाँडो वा पहिरो खन्ने योजना नबनाउने ठेकेदार वा अन्य व्यक्तिलाई क्षतिको लागि जिम्मेवार मान्नुपर्छ । बनको क्षति बन कार्यालयले र विद्युतको क्षति विद्युत प्राधिकरणले व्यहोरो जस्तै डोजरको क्षति ठेकेदारलाई तिराउनुपर्छ ।

    अहिले देशमा मनसुनको बेलाको पूर्वतयारी र प्रतिकार्यको योजना राष्ट्रियदेखि स्थानीय स्तरसम्म तयार छ । विपद् आएपछिको कामको तयारी भएपनि विपद्ले आवास र अन्य हक हानन भएकाहरुको पुनस्र्थपनाको काम गर्न अझै धेरै बाँकी छ । २०७७ पुस २६ गते मात्रै पुनस्र्थापना र पुनर्निमाणको कार्यविधि सरकारले स्विकृत गर्यो । पछिल्लो पटक बजेट छुट्याइएपछि विस्तारै विस्थापितका लागि अस्थायी आवास निर्माणको सुरुवात भएको छ । अहिले तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमालमा ५ लाख रुपैयाँ अनुदान दिन थालेको छ र विस्तारै पुनस्र्थापनाको काम सजिलो हुँदै गैरहेको छ ।

    पहिलो पटक पुनस्र्थापना र पुनर्निमाणमा पनि कार्ययोजना र बजेटको व्यवस्था हुनु नयाँ सुरुवात हो । यसअघि विपद्मा ज्यान बचाउने र चाउचाउ चिउरा मात्र बाँड्ने चलन थियो यसलाई परिमार्जन गरिएको छ तर अझै गर्न धेरै बाँकी नै छ । स्थानीय तहलाई जोखिम न्युनिकरणको जोखिमका बारेमा प्राविधिक र मानवीय दुवै खालको सहयोग आवस्यक छ ।

    स्थानीय सरकारलाई दमकलको सट्टा पोखरी बनाउन पनि सिकाउनुपर्छ । सवै गाउँमा सवै विज्ञ आवस्यक छैनन् । हामीले विपद्लाई कुरेर बस्ने होइन कि पहिल्यै जोखिमलाई पहिचान र न्युनिकरण गर्न जान्नु परेको छ । पालिकाहरुले काम गर्ने तरिकाहरुमा आमूल परिवर्तन गर्नु जरुरी छ । पहाडमा जमीन चिरा परेको छ भने टाँलौँ । पानी तर्काउँ ।

    भौगर्भिक अध्ययनको लागि २० जिल्लामा टोली पठाउने तयारी भैरहेको छ । बाढी र पहिरो पूर्वतयारी भयो तर भूकम्प र चट्याङको लागि पूर्वतयारीको पूर्वाधार बनाउन चाँहि बाँकी छ । अब विद्यालयमा ए–फर एम्बुलेस, बी–फर ब्रिगेड भनेर पठाउन थाल्नुपर्छ । विद्यालयमा जोखिमबारे पढाउन सकेको भए ८–९ कक्षामा पढिरहेको विद्यार्थीलाई खोलाले बगाउने थिएन ।

    विपद् जोखिमको तथ्यांक नहुन सवैभन्दा ठुला समस्या छ । जोखिममा रहेका मान्छेको तथ्यांक नै छैन सरकारसँग । तथ्यांक भएपछि मात्रै विशेष व्यवस्था गर्न, विशेष तयारी गर्न सकिन्छ । ठुलो जोखिम वा संकटासन्नतामा रहेका मान्छेको विवरण नै छैन । खोलाको किनारमा कति मान्छे बस्छन्, बृद्ध कति, गर्भवती कति? अपांगता भएकाहरु कति, कति वर्षका कोको मान्छे जोखममा छन् भन्ने नै जानकारी नभएपनि पूर्वतयारीको काम राम्रोसँग हुनसक्दैन ।

    दैबी प्रकोप उद्धार ऐन २०३९ खारेज गरेर विपद जा्खिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ लागु छ र यो परिमार्जन २०७५ मा परिमार्जन पनि गरिएको थियो । शुरुमा ऐनले विपद आएपछि गर्नुपर्ने कुराहरु मात्र समेटेको थियो । पछिल्लो ऐनले विपद आउनु पहिल्यै गर्नुपर्ने तयारीहरुको विषयमा वताउँछ वा वताइरहेको छ ।

    विपदविरुद्ध प्रतिकार्यका लागि प्रत्येक वडामा २५ हजार रुपैँया बराबरको सामाग्री किन्न सकिन्छ । १६÷१७ वटा सामाग्री र सामानको लिस्ट दिईएको छ । स्थानीय निकायले परिचालित गर्ने विपद् कोषको लागि कानुन निर्माण हुँदैछ । आगो निभाउने रोबोर्ट किन्ने तयारी सरकारले गरेको छ । आगो विरुद्ध अघि बढ्ने रोबोट किन्न २० करोड खर्चिने तयारी छ । यस्तो रोबोर्टले मान्छे विना आगो निभाउन सकिन्छ ।

    छलफलमा सहभागीः वेदनिधि खनाल राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता र विपद् जोखिम न्युनिकरण विज्ञ डाक्टर सुमन कर्ण ।

    45 min
  • Sajha Boli Radio Bahas, Kavre -2 खानीले निम्त्याएको विपद् जोखिम कम गर्न पहल गर्ने प्रतिबद्धता

    साझाबोली रेडियो बहस, काभ्रेपलाञ्चोक – २ 

    बहसको क्रममा उठेको महत्वपुर्ण विषयः ढुंगा खानीका कारण जोखीममा परेको बस्तीको समस्या सामाधान गर्नका लागी तल्काल बैठक बस्न सरोकारवालाहरु राजी भएका छन् । पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले समस्या सामाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

    विपद्को अवस्था हेरेर व्यवस्थापन गर्ने, जोखीममा रहेको स्थानमा भुगर्वबिद् सहितको टाली ल्याएर सर्वेक्षण गर्ने  र बाढी तथा पहिरोको जोखीममा रहेका स्थानमा तत्कालै गर्नुपर्ने कामहरु गर्ने, वडा नं १२ का अध्यक्ष ईश्वर जंगमले बताउनुभयो । 

    यस्तै नगरको बिभिन्न स्थानमा विपद्को जोखीममा रहेको ठाँउ बारे जानकारी संकलन गर्ने र नक्साकन गर्ने सहमती भएको छ । विपद् पुर्वको अवस्थामा फर्काउन नगरपालिकाले संघ संस्थासंग सहकार्य गर्ने नितिलाई अझ प्रभावकारी बनाउने नगर उपप्रमुख गिता बञ्जाराले दावी गर्नुभएको छ । 

    बहसको क्रममा उठेको महत्वपुर्ण विषय खानीका कारण जोखीममा परेको बस्तीको समस्या सामाधान गर्नका लागी तल्काल बैठक बस्ने र समस्या सामाधानकोे पाटोमा पहल गर्ने प्रतिवद्धता नगर उप प्रमुख गिता बञ्जाराले गर्नु भएको छ । यस्तै विपद् जोखीम न्युनीकरणका लागि पुर्व तयारी योजना बैक बनाउने प्रतिवद्धता नगर उपप्रमुख गिता बञ्जाराले व्यक्त गर्नुभयो । 

    साझाबोली रेडियो बहसको दास्रो भाग हामीले काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ भुमीडाँडामा गरेका हौ । यो भागमा हामीले बिपद् जोखीम न्युनीकरणमा स्थानीय तहको भुमीकाका विषयमा बहस गर्यौ । साझाबोली रेडियो बहसको यो भाग उत्पादनका लागि अतिथिको रुपमा हुनुहुन्थ्यो,पनौती नगरपालिकाका नगर उप–प्रमुख गीता बन्जारा,सोही वडाका अध्यक्ष ईश्वर जंगम र त्यहाँका करिब ३० जना स्थानीयको पनि सहभागीता रहेको थियो । कार्यक्रममा हामीले काभ्रेसंगै सिन्धुपाल्चोक र रसुवा जिल्लाको केही आवाज पनि समेटेका थियौ ।

    कार्यक्रम उत्पादक – काजल तामाङ 

     

    47 min
  • Sajha Boli Radio Bahas, Dolakha - 1 दोलखामा विपद् पूर्व तयारीका लागि काम भइरहेको दाबी

    साझा बोली रेडियो बहस, दोलखा–१ 

    दोलखा जिल्लामा विपद् पूर्व तयारीका लागि स्थानीय तह सहितको सरोकार निकायहरूको जिल्लामा बैठक बसी आवश्यक पूर्व तयारीहरू भैरहेकोे छ । जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक तयारीहरू जस्तै राहत खोज उद्धारको व्यवस्थापन गरेको बत्ताएको छ भने जिल्लामा पहिरोको जोखिम रहेका बस्तीहरूको पहिचान गरी बस्ती स्थानान्तरण गर्ने कामको लागि स्थानीय तहहरुलाई निर्देशन समेत दिएको जिल्ला विपद्  व्यवस्थापन समिति संयोजक वासुदेव घिमिरेले जानकारी दिनुभयो । 

    घिमिरेका अनुसार जिल्लाको विशेष गरी कालिन्चोक, विगु र गौरीशंकर गाउँपालिकामा पहिरोको जोखिम रहेकोले त्यस ठाउँको जोखिम स्थान पहिचान गर्न निर्देशन दिइएको छ ।  यस्तै स्थानीय तहमा नीतिगत रूपमा विपद्को पूर्व तयारी गर्न पनि स्थानीय तहलाई आग्रह गर्नु भएको छ । विपद् पूर्व तयारीको लागि नदी किनारमा बनेका घरहरूलाई यो वर्ष तत्काल स्थानान्तरण गर्न नसकिने र पानीको सतह बढी भएपछि बज्नुपर्ने साइरन नबज्ने समस्या भएकाले त्यसको व्यवस्थापन गरिने बताउनु भएको छ । 

    यस्तै पहिरो गएर क्षति पुगेको ठाउँहरूमा पनि स्थानीय तहहरूले अनुगमन गरी काम गर्ने उहाँको दाबी छ । विपद्को क्षेत्रमा काम गदै आएका नागरिक समाज संस्थासँग पनि सहकार्य गर्दे काम गर्ने बताइएको छ । पहिरोको जोखिम रहेको स्थानमा भुगर्भविद सहितको टोलीले जोखिम पहिचान गरिने समितिले जनाएको छ  । विपद् आइहाले सुरक्षा कर्मीलगायत राहतका सामग्री तयारी अवस्थामा राख्न अनुरोध समेत गरिएको छ । यस्तै नागरिक समाजले पनि जिल्लामा विपद् पूर्व तयारीको लागि काम गरिरहेको जनाएको छ । #MeroReport #SBRB #PSAK


    54 min

About Mero Report

From the publisher's feed

Official podcast channel of meroreport.com #MeroReport #SBRB #PSAK #EAI