तपाँई हामी सबैले बीमा भन्ने शब्द त सुनेकै हौँला । खासमा बीमा भनेको तपाई हामी जो कसैलाई पनि, कुनै पनि कुराको आर्थिक नोक्सान हुँदा दिईने, क्षतिपुर्तिको ग्यारेन्टी हो । तर बीमा गर्दा, बीमा गर्ने व्यक्ति, जस्लाई बिमित पनि भन्ने गरिन्छ, त्यो विमित र बीमा गरिदिने व्यक्ति, जसलाई बीमक पनि भन्ने गरिन्छ, यी दुई विच बीच सम्झौता हुन्छ । विश्वका प्रायः सबै देशमा विरामी हुँदा उपचार गर्ने मात्र होईन, नुनदेखि सुनसम्म र घरदेखि उद्योग व्यवसायसम्म, कृषिदेखि पशुपन्छीसम्मको विमा गर्ने चलन छ । पैसाको कुराको यो अंकमा हामीले विमा भनेकै के हो, नेपालमा केकेको विमा गर्न पाईन्छ र यसको महत्व के छ भन्ने बारेमा कुरा गर्दैछौँ । कुराकानीमा हामीसंग भोजराज शर्मा हुनुहुन्छ। भोजराज शर्मा हाल विमा समिति नेपालको विज्ञ सल्लाहकार हुनुहुन्छ । यस अघि उहाँले राष्ट्रिय बिमा संस्थानको कार्यकारी निर्देशकको भुमिका निभाउनुका साथै विमाकै क्षेत्रमा करिब ३ दशक विताईसक्नुभएको छ ।
साथी प्रकाश लामिछानेले विमा विज्ञ शर्मालाई विमाको अर्थ र यसका विभिन्न पक्षहरु बारेमा सोध्नुभएको छ ।