रुपा गुरुङ र पुजा सिंह दुवैजनाका इलम फरक छन्, त्यसै अनुसार दायित्वहरु पनि फरक छन् । तर दुबैजनामा केही केही समानता पनि छन् ।
रुपा गुरुङ केहि बर्षयता उहाँ गोरखा नगरपालिकाको नयाँ बसपार्क नजिकै बस्नुहुन्छ । उहाँले विगत ९ बर्षदेखि त्यहाँ ढाका कपडा उद्योग संचालन गर्दै आउनुभएको छ । उहाँले दिदीवहिनी ढाका कपडा उद्योगसँगै ढाकाको कपडा पसल समेत संचालन गर्नुभएको छ । रुपा गुरुङसंग गोरखास्थित रेडियो गोरखामा कार्यरत विकास मरहट्ठाले कुराकानी गर्नुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ चिसापानी बस्नुहुने पुजा सिंह तरकारी व्यवसाय गर्नुहुन्छ । उहाँको आफ्नै नामको पुजा सब्जी मण्डी छ । यो व्यवसाय सुरु गर्दा उहाँ जम्मा २१ बर्षकी हुनुहुन्थ्यो, त्यसमाथि काखमा सानो छोरा समेत थियो । श्रीमान र घर परिवारको साथ नपाएर माइतीमा बस्दै आउनुभएकी पुजा माइतीकै साथ र सहयोगका कारण आज एक सफल व्यसायीको रुपमा समेत परिचित हुनुहुन्छ । लामो संर्घषपछि अहिले उहाँको सब्जी मण्डी सुर्खेतको स्थापित तरकारीको थोक तथा खुद्रा विक्री केन्द्रको रुपमा चिनिन थालेको छ ।